पोखरा, २९ वैशाख । नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउन दिने र एम्बुलेन्स संचालन सम्वन्धी निर्णय बारे मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ ।
सरकारलाई आवश्यक परेमा पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइशोलेशन वार्ड बनाउन दिने बारेमा पार्टीले गरेको निर्णय जानकारी गराएको हो ।
कास्की काँग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ हुने गरेको र महंगो रकम तिर्नुपर्ने अवस्था रहेकाले पार्टीले जेठ १ गतेदेखि एम्बुलेन्स संचालन गर्ने निर्णय गरेको जानकारी गराउँदै प्रशासनसँग अनुमति पनि लिएको छ ।
नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट र प्रवक्ता नवीन सिग्देल मङ्गबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पार्टीको निर्णय जानकारी गराउनु भएको थियो ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले आवश्यकता अनुसार समन्वय गर्दै जाने बताउनुभयो ।
ज्ञापनपत्रमा संकटका बेला कोरोनाविरुद्वको भ्याक्सिन खरिदमा समेत सरकार कमिशनको खेलमा लाग्नु निन्दनीय भएको भन्दै खेद प्रकट गर्दै कमिशनको विषय तत्काल छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेको छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
Archives
Archives