पोखरा, १६ फागुन । पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।
संघीय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट करिब १ करोड ५० लाखको लागतमा १२ कोठे भवन निर्माण भएको हो । भवन निर्माण भएसँगै सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
चौकीवाट हाल बाल स्वास्थ्य, मातृ स्वास्थ्य, क्षयरोग तथा सरुवा रोग नियन्त्रण, नियमित खोप कार्यक्रम, गाउँघर क्लिनिक, बिरामी उपचार लगायतका सेवा संचालन भएको स्वास्थ्य चौकीका प्रमुख श्यामसुन्दर आचार्यले जानकारी दिए ।
घार्मीमा स्वास्थ्य चौकी स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजतजयन्ती अवसरमा नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले चौकी उद्घाटन गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु