सिडेनद्वारा गण्डकीका ११ जिल्लामा समिति विस्तार

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १०, २०७७
abc

पोखरा, १० भदौ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशले प्रदेशभित्रका ११ वटा जिल्लामा जिल्ला समिति विस्तार गरेको छ ।

गण्डकी प्रदेशको समितिको निर्णय अनुसार प्रत्यक जिल्लामा समिति विस्तार गरिएको प्रदेश सभापति सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रदेश भरी नै संस्थालाइ चलायमान बनाउँदै इन्जिनियरका पेशागत हक, हित र अधिकार संरक्षणका लागि संगठन विस्तार गरिएको उनको भनाइ छ ।

प्रत्यक जिल्लामा १५ सदस्यीय समिति विस्तार गरिएको छ । जसअनुसार कास्कीमा शिरष बास्तोला, तनहँमा तारापती भट्टराई, बाग्लुङमा नवीन सापकोटा, गोरखामा सुमन गिरी, लमजुङमा दिपेन्द्र रावल, स्याङ्जामा सुमन पाण्डे,पर्वतमा मन्जु सिलाकार, म्याग्दीमा अमिर श्रेष्ठ, मुस्ताङमा सुवास सापकोटा, मनाङमा सविन धिताल, नपलपुरमा विनिद अर्यालको अध्यक्षतामा १५ सदस्यीय समिति विस्तार गरिएको छ ।

सिडेन गण्डकीका सचिव सन्तोष जिसीले सिडेनले शशक्त ढंगले काम गर्ने उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै