पोखरा, १ भदौ । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २८ ले वडा भित्र पर्ने राखि–मिजुरे सडक खण्डको मर्मत गरेको छ ।
सडक हिलाम्य हुँदा सर्वसाधारणलाई अवातजावतमा समस्या भएको भन्दै सडक मर्मत गरिएको हो ।
सडकको नाजुक अवस्था बारे पोखरा २८ वडा कार्यालयलाई साउन २६ गते ज्ञापनपत्रमार्फत् जानकारी गराउँदै तत्काल मर्मत गर्न माग गर्दा पनि चासो नदिएपछि पार्टीको अगुवाइमा सडक मर्मत गरिएको नेपाल तरुण दल क्षेत्र नं १ कास्कीका सभापति राधाकृष्ण तिवारीले जानकारी दिए ।
ज्ञापनपत्र बुझाउने क्रममा सडकको अवस्था बारे व्यङ्ग्य गर्दै वडा कार्यालयलाई गम्बुट उपहार समेत दिइएको थियो ।
वडा कार्यसमिति उपसभापति शिवबहादुर अधिकारी नेतृत्वको करीब ५० जनाको समूहले सोमबार सडक मर्मत गरेको हो । ६ वटा ट्याक्टर र २ वटा जेसिभी प्रयोग गरी सडक मर्मत गरिएको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन