पोखरा, २६ साउन । लायन्स क्लब अफ पोखरा सिमलचौतारीले खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।
पोखरा सृजनाचोकमा आयोजित कार्यक्रममा एक सय २१ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष कृष्णमान ठुसाजुले जानकारी दिए ।
लायन्स क्लबले यसवर्ष संकलन गरेको रगतमध्य सिमलचौतारीले संकलन गरेको सो रगत यो वर्षको सबैभन्दा धेरै भएको बताइएको छ । कार्यक्रम विक्रम थिचाजुले संयोजन गरेका हुन् ।
लायन्स क्लब रक्तदान कार्यक्रम डिपार्टमेण्ट चिफ बालकृष्ण शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बराल, पूर्व वडाध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, क्लबका संस्थापक अध्यक्ष नरेश बराल, रिजन चियर पर्सन विष्णुराज पराजुली, जोन चियर पर्सन भागिरथी सुवेदी, वडा सदस्य किरण गौतम, लक्ष्मी कौसल, नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डोलराज पाण्डेलगायतले बोलेका थिए ।
क्लबका अध्यक्ष कृष्णमान ठुुसाजुको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष दामोदर बरालले स्वागत र सचिव पंकज पौडेलले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता