नेपाल लाइफको वार्षिकोत्सवमा रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २२, २०७५
BD5

पोखरा, २२ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वार्षिकोत्सवको अवसरमा पोखरा शाखा र पेशागत वीमा अभिकर्ता संघ पोखराको संयुक्त आयोजनामा खुल्ला रक्तदान गरिएको छ ।

कार्यक्रममा ८२ जनाले रक्तदान गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै रक्त संचार केन्द्र क्षेत्रीय कार्यालय पोखराका प्रमुख ध्रुव लामिछानेले रक्तदान कार्यक्रम गरेर संस्थाले सामाजिक उत्तरदायित्व वहन गरेको बताए ।

अभिकर्ता संघ पोखराका सभापति तारादेवी बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल लाइफ पोखरा क्षेत्रीय कार्यालयका प्रमुख सोन बहादुर मगर, निप्स पोखरा च्याप्टरका अध्यक्ष केशवराज ढकाल, सामाजिक अभियन्ता हरिशचन्द्र शर्मा, डिजिटल साउण्ड एण्ड भिजन प्रवन्ध निर्देशक मनोहर प्रसाद क्षेष्ठ, निप्स पोखराका निवर्तमान अध्यक्ष सुनयना पालिखे, नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखा प्रमुख अनन्त अधिकारी, सिनियर एजेन्सी मेनेजर नेत्र प्रसाद ढकाल, अभिकर्ता संघ कास्कीका सचिव दामोदर सापकोटाले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार