पोखरा, १७ भदौ । नेल्टाको आयोजना तथा पशु सेवा तालिम केन्द्र पोखराको व्यवस्थापनमा संचालित पशु प्रजनन् तथा कृतिम गर्भाधान सम्वन्धी तालिम जारी रहेको छ ।
भदौ चार गते सोमबारदेखि शुरु भएको तालिम शुक्रबार सकिएको छ भने शुक्रबारदेखि नै नयाँ समूहका लागि तालिम शुरु भएको छ । प्राईभेट पाराभेटहरु लागि आयोजित दुवै तालिममा १५÷१५ जना सहभागि छन् ।
तालिम समापनमा तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गर्दै राष्ट्रियसभा सदस्य बृन्दादेवी रानाले राजनैतिक पुर्वाग्रहका आधारमा कर्मचारीलाई दुःख दिने काम बन्द गर्न सरकारलाई आग्रह गरिन् ।
उनले प्रधानमन्त्री मुलुकको हितका लागि नभई कुनै नै कुनै विषयमा प्रतिक्रिया दिनका लागि मात्रै क्रियाशील बनेको आरोप लगाईन् ।
त्यसअवसरमा पुशपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. मनबहादुर पुन, नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देल, राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका बरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डे, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.पुरुषोत्तम त्रिपाठी, पशु तालिम केन्द्र पोखराका प्रमुख डा. ग्रिष्म न्यौपाने र नेपाल निजामती कर्मचारी युनियन संघ कास्कीका अध्यक्ष डार्विन लम्सालले बोलेका थिए ।
नेल्टाका केन्द्रीय अध्यक्ष जनकबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा कास्की अध्यक्ष ठगेन्द्रप्रसाद अर्यालले स्वागत र केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त
आँखा शिविरबाट दुई सय २० जना लाभान्वित
११ औं पोखरा महोत्सवको तयारी पूरा