जनमतको कदर गर्दै सेवामा खटिरहन्छु – बराल

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २५, २०७९
25

पोखरा, २५ कात्तिक । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले जनमतको उच्च कदर गर्दै सेवामा खटिरहने प्रतिवद्वता व्यक्त गनुर््भएको छ ।

झुटो कुरा नगर्ने र सक्ने कुरा मात्र गर्ने भन्दै उहाँले जनपक्षिय काम गर्ने बताउनुभयो । शुक्रबार पोखरा २९ मा घरदैलो र मतदातासँग भेटघाट गर्ने क्रममा उहाँले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिदै भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउन प्रयास गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

‘आज मात्रै होइन, भोलि पनि भेटिनुपर्छ उहाँले भन्नुभयो – झुटो नबोलि जनताले प्राथमिकताका आधारमा तय गरेका योजना नै मेरा योजना हुन्।’

पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार बरालले गठबन्धनको संघ र प्रदेश बन्दा सरकार काम गर्न सजिलो हुने भन्दै गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्नुभयो । गठबन्धन राम्रो र प्रभावकारी हुँदा हाम्रो वातावरण निर्माण भएको र चुनाव जित्ने वातावरण बनेको उहाँको भनाइ छ ।
उम्मेद्वार बरालले सीपमूलक शिक्षा र उद्यमशीलतालाई विशेष जोड दिदै आउनु भएको छ । उहाँले शनिवार पोखरा १२ मा मतदाता भेटघाट र घरदैलो गर्नु हुनेछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives