विकास र समृद्विलाई भोटसँग जोड्न हुँदैन – बराल

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २४, २०७९
2

पोखरा, २४ कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले विकास र समृद्वि देशको आवश्यकता भएको बताउनु भएको छ ।

देशको अत्यावश्यक विषय विकास र समृद्वि जस्तो महत्वपूर्ण विषयलाई भोट र निर्वाचनसँग जोड्न नहुने उहाँको भनाइ छ ।

उहाँले समाजका लागि आवश्यक विकासप्रति आफू सम्वेदनशील रहेको बताउनुभयो । सबै विकास एकै पटक सम्भव नहुने भन्दै प्राथमिकताको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो ।

बिहीबार पोखरा ३० मा मतदातासँग भेटघाट गर्दै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीलाई काँग्रेसले प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

कास्की काँग्रेसका सभापति समेत रहनु भएका उम्मेद्बार बरालले सांसद बनेपछि पाँच वर्ष कुनै गुनासो नआउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
‘सांसदमा निर्वाचित गर्ने जिम्मा तपाईहरुको उहाँले भन्नुभयो – त्यसपछि गुनासो नआउने गरी काम गर्ने जिम्मा मेरो भयो ।’

उहाँले राजनीतिलाई समाज सेवाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । गठबन्धनको पक्षमा जनलहर देखिएको भन्दै उहाँले कुनै शक्तिले गठबन्धनलाई हल्लाउन नसक्ने जिकिर गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives