होटलमा युवती मृत फेला

रासस
वैशाख १७, २०७९
1517213734dead-770×410

गोदावरी, १७ वैशाख (रासस) :कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन् ।

लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार आज दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी हुन् ।

उनी धमला होटलको दोस्रो तलास्थित कोठा नं २०९ मा मृत फेला परेको उपाध्यायले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives