कोरोना सङ्क्रमण दर घट्यो, आज छ हजार सङ्क्रमणमुक्त

रासस
माघ १५, २०७८
corona 2

काठमाडौँ, १५ माघ (रासस) । पछिल्ला केही दिनयता नेपालमा कोरोना सङ्क्रमणदर घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कूल परीक्षणको करिब ३४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । यसअघि नेपालमा कूल परीक्षणको ५० प्रतिशत बढीमा सङ्क्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार आज १४ हजार ५६२ नमूनाको परीक्षण गर्दा चार हजार ९०४ मा सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा पाँच हजार ९२४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोना सङ्क्रमणबाट छ जनाको ज्यान गएको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ हजार ३२९ पुगेको छ । हालसम्म कोरोनाबाट ११ हजार ७०३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ५२ लाख नौ हजार ५९६ नमूना परीक्षण गर्दा नौ लाख ४७ हजार ३९२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म आठ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा एक करोड ६५ लाख २७ हजार ७४१ पहिलो डोज, एक करोड ४० लाख १५ हजार ३४२ र तीन लाख ३३ हजार ८३५ मात्र बुस्टर डोज लगाइएको मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives