पोखरा महानगरपालिकामा नियम मिचेर बढुवा गरिएकोमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुको आपत्ती

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १५, २०७८
congress

पोखरा, १५ भदौ । पोखरा महानगरपालिकाले नियम मिचेर एक जना अ.स.ई प्रहरीलाई एकाएक स.ई.मा बढुवा गरेकोप्रति आपत्ती जनाइएको छ ।

नेपाली काँग्रेस पोखरा महानगरपालिका दलको नेता तथा सचेतक रामराज लामिछानेले विज्ञप्ति प्रकाशित गरी त्यस्तो गतिविधिप्रति आपत्ती जनाउनु भएको हो ।

नगर प्रहरीमा स.ई. पद प्रतिस्पर्धा बिना बढुवा गर्न नमिल्ने, पदपूर्ति समितिको सिफारिस नगरेको र करार गर्ने उमेर हद समेत नाघेकालाई बढुवा गरिएको भन्दै आपत्ती जनाइएको छ ।

नगर प्रमुख सिकिस्त बिरामी भै काठमाण्डौं उपचारमा रहेको बेला प्रचलित प्रशासनीक मूल्यमान्यता, विधिपद्वति विपरीत शंकास्पद आर्थिक प्रलोभनमा परी बढुवा गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा बरिष्ठ कानुन अधिकृतको सल्लाहमा प्रमुख प्रशासकीय अधिकृतबाट अ.स.ई कर्मचारीलाई नेपाल सरकारले स.ईले पाउने सुविधा, सामाजिक सुरक्षा कोष रकमबाट अन्य सुविधा दिइने गरी गरिएको बढुवा खारेज गर्न माग गरिएको छ ।

विज्ञप्तिमा पोखरा महानगरपालिका कर्मचारी सेवा विधेयक – २०७८ अनुसार कार्यालयमा कार्यरत कर्मचारीहरुको मनोबल उच्च हुने काम तत्काल गर्न माग गरिएको छ ।

विगत लामो समयदेखि कार्यरत अस्थायी कर्मचारीको स्थायित्व र नेपाल सरकारले कर्मचारी समायोजन गर्दा मर्कामा परेका योग्यता पुगेका तथा चार वर्ष अवधि पुगेका स्थायी कर्मचारीलाई एक तह स्वतः समायोजन गर्न माग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives