गण्डकी, ६ जेठ (रासस) :पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २६ हजार ४११ मत प्राप्त गर्नुभएको छ ।
नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २३ हजार २४५ मत प्राप्त गर्नुभएको छ । आचार्यले तीन हजार १६६ मतले अग्रता हासिल गर्नुभएको छ ।
उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट २६ हजार ६४४ मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५७८ मत प्राप्त गर्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता
महोत्सवमा आलु किन्नेको भिड
घान्द्रुक पर्यटन महोत्सव सुरु
वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह
आलु महोत्सव सुरु
Archives
Archives