छोरेपाटन माबिमा होटल व्यवस्थापनको पढाइ हुँदै

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ८, २०८३
d498547c-9be7-432f-95cd-452f45eca328

पोखरा ।पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामि शैक्षिक सत्रदेखि होटल व्यवस्थापन समूह (एचएम्) तर्फको पढाइ सुरु गर्ने भएको छ।
 त्यसका लागि विद्यालयले तयारी अन्तिम चरणमा पु¥याएको छ ।जसका लागि सुरुमा कक्षा ११ तर्फ ४० जना विद्यार्थी भर्ना गरिने प्रधानाध्यापक डिल्लीराम शर्मा भुसालले जानकारी दिए ।

पोखरा पर्यटकीय सहर हो, यहाँ वर्षिनी लाखौँ पर्यटक घुम्नका लागि आउनुहुन्छ, यहाँको भौगोलिक सुन्दरताले पनि पर्यटकको मन लोभ्याएकै छ, वि.एच.एम्लाई पनि मध्यनजर गरी कक्षा ११, १२ तर्फ यस वर्षदेखि पठनपाठन सुरु गर्दैछौं प्रधानाध्यापक भुसालले भने ।

 एचएम्मा विद्यार्थीको आकर्षण राम्रो छ, एचएम् उत्तीर्ण विद्यार्थी खाली बस्नु पनि पदैन उनले भने।हामीले होटल व्यवस्थापनको महत्व बुझेर तथा विद्यार्थी र अभिभावकको माग अनुसार नै पठनपाठन सुरु गर्न लागेका छौँ प्रधानाध्यापक भुसालले स्पष्ट पारे ।

यसका साथै छोरेपाटन विद्यालयमा बाल विकासदेखि कक्षा १० सम्म र कक्षा ११, १२ तर्फ विज्ञान, शिक्षा, व्यवस्थापन र सामाजिक समूहको पठनपाठन हुँदै आएको छ। चालु शैक्षिक सत्रतर्फ त्यहाँ सबै कक्षा र समूहमा गरी कुल २ हजार ३ सय बढी विद्यार्थी अध्ययन गर्दछन्।

विद्यालयले अनुभवी शिक्षकबाट गुणस्तरीय, सर्वसुलभ शिक्षा दिने उद्घोष पनि गरेको छ ।हामी प्रविधिमैत्री पनि छौँ, हप्तैपिच्छे अतिरिक्त एवम् सह क्रियाकलाप पनि हुँदै आएका छन्।त्यसको दर आगामी दिनमा अझै वृद्धि हुने सहायक प्रधानाध्यापक खेमराज बरालले बताए ।

त्यहाँ एचएम् पढाइ संचालनसँगै त्यस क्षेत्र अन्तर्गत पर्ने छोरेपाटन, बिरौटा, पुम्दीभुम्दी, कृस्ती, निर्मल पोखरी लगायतका स्थानबाट होटल व्यवस्थापन अध्ययनका लागि विद्यार्थी बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने अर्का सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले विश्वास व्यक्त गरे ।
छोरेपाटन माध्यमिक विद्यालय पोखरा क्षेत्रमै धेरै विद्यार्थी अध्यापन गराउने नमुना शैक्षिक संस्था अन्तर्गत पर्दछ ।

Related News

सम्बन्धित समाचार