पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. १ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । माछापुच्छ्रे गाउँपालिका, कास्कीको आयोजना श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानको संयोजन तथा व्यवस्थापनमा उक्त शिविर सञ्चालन भएको हो ।
हिमालय आँखा हस्पिटल र आई केयर फाउन्डेसनको सहयोगमा भएको उक्त शिविर माछापुच्छ्रे गाउँपालिकाका सबै वडामा सञ्चालन हुने छ । बिहीबार भएको शिविरमा १ सय ८१ जनाले आँखा जाँच गराएका थिए । ती मध्ये २३ जनालाई मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको घाचोक स्वास्थ्य चौकीका प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिए ।
शिविरमा आँखा परीक्षण गर्न आउने बिरामीका लागि निःशुल्क औषधिको व्यवस्था प्रतिष्ठानले गरेको छ भने मोतियाबिन्दुको शल्यक्रिया निःशुल्क रूपमा हिमालय आँखा अस्पतालले गर्ने भएको छ । बिरामीलाई अस्पताल सम्म जाने आउने बसको व्यवस्था पालिकाले गर्ने भएको छ । पालिकाका सबै वडामा शिविर सम्पन्न गरेपछि शल्यक्रिया गर्नु पर्ने बिरामीलाई अस्पतालमा नै लगेर शल्यक्रिया गरिने व्यवस्था गरिएको गरिएको श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानका अध्यक्ष डा. अनिल सुवेदीले जानकारी दिए ।
बुधबार माछापुच्छ्रे गाउँपालिकाको वडा नं. २ स्थित सार्दीखोला स्वास्थ्य चौकीबाट शुरु भएको यो शिविर पालिका सवै वडामा सञ्चालन हुनेछ । ४ गते घाचोक स्वास्थ्य चौकी, ६ गते वडा नं. ५ को रिभान स्वास्थ्य चौकी, ७ गते वडा नं. ९ को सिधिई सामुदायिक स्वास्थ्य इकाई, ८ गते वडा नं. ८ को आधारभूत स्वास्थ्य चौकी, ९ गते वडा नं.६ को मणिडाँडा सामुदायिक स्वास्थ्य इकाई, १० गते वडा नं. ७ को धम्पुस सामुदायिक स्वास्थ्य इकाई र ११ गते वडा नं. ४ लाहाचोक स्वास्थ्य चौकीमा विहान १० बजे देखि बेलुका ४ः३० बजे सम्म शिविर सञ्चालन हुने छ ।
उक्त शिविरमा हिमालय आँखा अस्पतालका दृष्टि विशेषज्ञ समीक्षा श्रेष्ठ, शैलेश्वरी ओझा, निकिता महर, कृतिका पण्डितका टोलीले आँखा जाँच गरेका थिए । कार्यक्रममा माछापुच्छ्रे स्वास्थ्य चौकी प्रमुख जमुना पौडेल काफ्ले, सि.अ.न.मी. संगिता गुरुङ, सि.अ.न.मी. तारा गुरुङ, अ.न.मी. सुमित्रा बराल, स.अ.हे.व.नविनचन्द्र आचार्य, का.स. विनिता पुन र महिला स्वयम्सेवीकाले सहयोग गरेका थिए ।

माछापुच्छ्रे गाउँपालिकाका वडा नं. १ का वडा अध्यक्ष इन्द्र गुरुङले शिविरबाट यस क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ लिने बताउँदै आगामी दिनमा पनि समन्वय गर्न वडा कार्यालय तयार रहेको उल्लेख गरे ।
श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानका अध्यक्ष डा. अनिल सुवेदीले विगत ४ वर्ष देखि दुर्गम क्षेत्रमा नागरिकलाई स्वास्थ्यमा पहुँच पु¥याउनका लागि आँखा शिविर सँगै विभिन्न खालका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए । प्रतिष्ठानले महिला समाजसेवी, शिक्षा क्षेत्रमा काम गरेका व्यक्ति तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
माछापुच्छ्रे गाउँपालिकामा निःशुल्क आँखा शिविर सुरु
रमाइलोमा रम्दै आलु महोत्सवका दर्शक
महोत्सवमा आलु किन्नेको घुइँचो
महोत्सवमा १३ लाख बढी आलुको कारोवार
सामुदायिक बगरको सक्रियतामा क्षतिग्रस्त वडा प्रहरी कार्यालय बगरको पुन निर्माण