आलु महोत्सव भोली सकिँदै, चर्चित लोकदोहोरी गायक सपुत आउँदै

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ४, २०८३
6

पोखरा, ४ वैशाख । १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव शनिवार सकिँदै छ। समापन समारोहलाई पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले सम्बोधन गर्ने कार्यक्रम छ ।

समापन अवसरमा रत्यौली गीत, कृषि झाँकी प्रतियोगिताको नतिजा पनि सार्वजनिक गर्दै विजेता समूहलाई पुरस्कृत गरिनेछ । त्यस्तै सहयोगी विभिन्न सङ्घसंस्था एवम् व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको आयोजक विष्णु पादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

महोत्सवको ८ औँ दिन शुक्रवारसम्म ८५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेका छन् ।जसमध्ये कुल ६ हजार ४ सय ४५ बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए ।उनले शुक्रवार साँझसम्म गरी कुल ३३ लाख ४५ हजार बढीको आलु कारोबार भएको पनि सुनाए।

महोत्सवमा शुक्रवार कलाकारहरू एलिना चौहान, चोलेन्द्र पौडेल, सुरेश रमण अधिकारी, विष्णु ढुङ्गाना, सुनिता नेपाली, नेत्र खड्का, मुना अर्याल, परशुराम अधिकारी लगायतले प्रस्तुति राखे । त्यस्तै विष्णु पादुका माविको समूह एवम् आदित्य परियारले नृत्य देखाई दर्शकलाई नचाए भने चापाघाट आमा समूहले रत्यौली गीत प्रतियोगिता अन्तर्गत आफ्नो प्रस्तुति राख्यो ।

त्यस्तै महोत्सव समापनको दिन शनिवार कलाकारहरू प्रकाश सपुत, प्रेमराज अधिकारी, सुनिता नेपाली, सीता परियार, राजेश भण्डारी, रमा गौतम लगायतका प्रस्तुति रहने मूल आयोजक समितिका महासचिव विकल थापाले जानकारी दिए ।
‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णु पादुका क्लबको आयोजनामा महोत्सव गरिएको हो । महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार रहेका छन् ।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूका दैनिक प्रस्तुति साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • माछापुच्छ्रेमा निःशुल्क आँखा शिविर, २३ जनामा मोतियाविन्दुको समस्या

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ३, २०८३
    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. १ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । माछापुच्छ्रे गाउँपालिका, कास्कीको आयोजना श्री…
  • माछापुच्छ्रे  गाउँपालिकामा निःशुल्क आँखा शिविर सुरु

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८३
    पोखरा । कास्कीको माछापुच्छ्रे  गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । माछापुच्छ्रे  गाउँपालिका, कास्कीको आयोजना श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानको…
  • रमाइलोमा रम्दै आलु महोत्सवका दर्शक

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८३
    पोखरा, २ वैशाख । चर्चित कलाकार समीक्षा अधिकारी बुधवार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् ।उनले त्यहाँ दर्शकलाई आफ्नो…
  • महोत्सवमा आलु किन्नेको घुइँचो

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १, २०८३
    पोखरा, १ वैशाख । १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहँदा आलु किन्नेहरूको सख्यामा ह्वात्तै वृद्धि भएको छ ।…
  • महोत्सवमा १३ लाख बढी आलुको कारोवार

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८२
    पोखरा, ३० चैत । राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबार सम्ममा  १३ लाख बढीको आलु कारोवार भएको छ। महोत्सव…