जय शिव भोलाको म्यूजिक भिडियो सार्वजनिक

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १६, २०८०
Music Vedio

पोखरा, १६ वैशाख । भजन सङ्ग्रह जय शिव भोलाको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

म्यूजिक भिडियोमा दिग्ददर्शक वाचन शिरोमणि पण्डित दीपक सापकोटाको लय, शब्द रहेको छ ।

भजनमा स्वयम सापकोटासहित वरिष्ठ भजन गायक श्रीराम अधिकारी र वरिष्ठ गायिका मनमाया वाइवाको स्वर रहेको छ ।

भिडियो धार्मिक व्यत्तित्व केश बहादुर वि.क (लोहनी) ले निर्माण र प्रेम थापाले निर्देशन, छायांकन,सम्पादन गर्नुभएको हो ।

भजनमा भगवान् शिवको महत्व तथा महिमाको चर्चा गरिएको छ । भिडियो पोखराको काँहुफेदीस्थित रानीवगरमा छायांकन गरिएको हो । भजनको एरेन्ज झलक सङ्गितम्ले गरेका हुन् ।

पोखरामा आयोजित कार्यक्रममा प्रा.तारा बरालले म्यूजिक भिडियो सार्वजनीक गर्नुभयो । उहाँले धर्म, संस्कृतिको जगेर्नाका लागि महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा निर्माता केश बहादुर वि.कले भिडियोमा संलग्न गायक, गायिका तथा सङ्गितकर्मीहरुलाई सम्मान गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives