पोखरा, ४ फागुन । ज्ञानसागर एकेडेमी पोखरा–२५ हेमजामा ज्ञानसागर साहित्य महोत्सव–२०८१ हुने भएको छ । सिर्जनशिलता र समालोचनात्मक चिन्तनःसमृद्ध भविष्यको आधार भन्ने नारका साथ फागुन १० गते विद्यालय परिसरमा एक दिने ज्ञानसागर साहित्य महोत्सव गर्न लागेको आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सवमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्त रहने विद्यालयका संस्थापक प्रिन्सिपल शंकरमणि त्रिपाठी (छन्दमणि)ले जानकारी दिए । महोत्सवमा वरिष्ठ साहित्यकार सरुभक्त र शैक्षिक परामर्शकर्ता डा. तुलसीराम खनालसँग के पढ्ने, किन पढ्ने, घर पहिलो पाठशाला हो किन, भन्ने विषयमा विद्यार्थी र अतिथि बीच छलफल गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोलप्रसाद अर्यालले जानकारी दिए ।
त्यसैगरी महोत्सव छिमेकी विद्यालयका विद्यार्थीहरुबाट रचना वाचन, र पोखराका सुप्रसिद्ध १० कविहरुबाट कविता वाचन गर्ने कार्यक्रम समेत रहेको विद्यालयका संस्थापक निर्देशक भरतराज अधिकारीले जानकारी दिए ।
विद्यालयले यस अघि नर्सरी देखि कक्षा २ सम्मका विद्यार्थीलाई लक्षित गरेर माघ २६ गते जिएसए किड्स फेस्टिबल सम्पन्न गरिसकेको छ भने अघिल्लो वर्ष वृहत शैक्षिक प्रदर्शनी गरेको संस्थापक प्रिन्सिपल त्रिपाठीले जानकारी दिए ।
‘विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न विद्यालयले विभिन्न समयमा विविध कार्यक्रम आयोजना गरेको छ’ संस्थापक प्रिन्सिपल त्रिपाठीले भने,‘ विद्यार्थीका क्षमता उजागर गर्न युगले खोजेको अभ्यास दिने क्रममा विद्यालय रहेको छ । यसैको लागि हामीले यो महोत्सव आयोजना गरेका हौ ।’
विद्यार्थीलाई प्रश्न गर्ने रुची वढाउने मुख्य उद्देश्यनै यो कार्यक्रमको रहने उनले जानकारी दिए। उक्त अवसरमा शैक्षिक सत्र २०८० का एकेडेमिक पुरस्कार समेत वितरण गरिने छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गर्ने
गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी
भ्रष्टाचारबिरुद्ध डि–मर्चाले ल्यायो ‘भ्रष्टाचारीलाई किरा परोस्’ गीत
नाटक ‘करेसा कन्सर्ट’ शनिवार मञ्चन हुने
जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती