पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–२५ हेमजाको आठौ वार्षिक साधारण सभा तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले समाज हुने विकृति विसङ्गति न्यूनीकरण गर्न सामुदायिक केन्द्रले महत्त्वपूर्ण भूमिका खेलेको बताए । ‘समाज हुने विकृति विसङ्गति न्यूनीकरण गर्न कास्कीका सामुदायिक सेवा केन्द्र र प्रहरीबिचको समन्वय लोभलाग्दो रहेको छ’ उनले भने, ‘कास्कीमा भएका सामुदायिक सेवा केन्द्रको सक्रियता र प्रहरीको समन्वयले नै कास्कीमा विकृति विसङ्गति न्यूनीकरण हुँदै गएको छ ।’ सामुदायिक सेवा केन्द्रले गर्ने हरेक गतिविधिमा पालिकाको तर्फबाट सधैँ साथ र सहयोग रहने उनले विश्वास दिलाए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले अपराध न्यूनीकरण गर्न यहाँका सामुदायिक सेवा केन्द्र समन्वय प्रति आभार व्यक्त गरे । ‘धेरै जिल्लामा काम गर्न क्रममा त्यहाँ स्थापना भएका सामुदायिक सेवा केन्द्र भन्दा कास्कीमा स्थापना भएका सामुदायिक सेवा केन्द्रको सक्रियता उत्कृष्ट रहेको छ’ उनले भने, ‘यहाँको सामुदायिक सेवा केन्द्रको सक्रिय सहभागिताले नै हामी हाम्रो लक्ष्य प्राप्तिमा सफल भएका छौ ।’
कास्की प्रहरीले जिल्ला भित्र लागू औषध कारोबार, गुण्डागर्दी र समाजमा अशान्ति फैलाउने विरुद्ध सुरु गरेको स्विप अप्रेसनलाई तीव्रता दिएको बताए । ‘कास्की प्रहरीले लेकसाइड बाट सुरु गरेको स्विप अप्रेसन विस्तार सबै ठाउँमा पुग्ने छौ’ उनले भने, ‘हेमजा अशान्ति फैलाउने जो कोही होस हामीलाई खबर गर्नुहोस् यही अप्रेसनमा हामी बढार्नेछौ ।’ उनले सबै खालका आपराधिक गतिविधिलाई हटाउन नै स्विप अप्रेसन सुरु गरेको जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नं. २५ का वडा सदस्य कृष्ण बहादुर कुँवरले सामुदायिक सेवा केन्द्र हेमजाले गर्ने हरेक गतिविधिमा वडाले समन्वय गर्ने बताए । सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका अध्यक्ष भीम पराजुलीले सामुदायिक सेवा केन्द्रको सक्रियताले नै समाजलाई विकृति विसङ्गति न्यूनीकरण गर्न सफल भएको बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा हेमजाकी संस्थापक अध्यक्ष विष्णु बास्तोलाले सबैको साथ सहयोगले नै संस्थाका गतिविधि उत्कृष्ट भएको बताइन् ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा हेमजाका इन्चार्ज प्रहरी सहायक हवलदार कृष्ण प्रसाद शर्मालाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो। कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा हेमजाका सचिव शङ्कर त्रिपाठीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिवलाल पौडेलले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा हेमजाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गाप्रसाद तिम्सिनाले स्वागत र सचिव शङ्कर त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
माछापुच्छ्रे गाउँपालिकामा सबै वडामा निःशुल्क आँखा शिविर
माछापुच्छ्रे गाउँपालिकाको पातिखोला गुफा पूर्वाधार विकास गर्न महायज्ञ हुदै
छोरेपाटन माबिमा होटल व्यवस्थापनको पढाइ हुँदै
अपेक्षाकृत सफलता हात पादै सकियो आलु महोत्सव ,५ करोडको कारोबार
आलु महोत्सव भोली सकिँदै, चर्चित लोकदोहोरी गायक सपुत आउँदै