पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ११, २०८०
tribhuwan_thyqlrgTXW

पोखरा, ११ मंसिर । नेपाल पत्रकार महासंघ गण्डकीका पूर्व अध्यक्ष तथा तत्कालिन केन्द्रीय सदस्य स्व.त्रिभुवन पौडेलको स्मृतिमा स्थापना भएको अक्षयकोषमा पूर्व सहकर्मी रामचन्द्र राईले १ लाख सहयोग गर्नुभएको छ ।

राईले स्व.पौडेलको निधन भएको १३ दिनमै उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

राईकी छोरी प्राप्ती राई र पत्रकार अपिल त्रिपाठीले उक्त रकमको चेक महासंघका प्रदेश महासचिव गोविन्द सुवेदीलाई हस्तान्तरण गर्नुभयो । महासंघ गण्डकीले उक्त अक्षयकोष स्थापना गरेको हो ।

महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पौडेलको सक्रियता र सकारात्मकता सबै पत्रकारका लागि प्रेरणा भएको उल्लेख गर्नुभयो ।

पौडेलको स्मृतिमा त्रिभुवन पौडेल स्मृति प्रतिष्ठान पनि गठन भएको छ । अक्षयकोषको रकम पत्रकारिताको विकासमा प्रयोग गरिने महासंघका महासचिव सुवेदीले बताउनुभयो ।

राईले अक्षयकोषको विस्तारका लागि आफुले सुरुआत गरेको उल्लेख गर्नुभयो । उहाँले जन्मदिनको अवसरमा रकम पठाउनुभएको हो ।

पौडेलको गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएको थियो । कोषमा हालसम्म साढे ४ लाख भन्दा बढी संकलन भैसकेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives