पोखरा, ८ असार । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा रंगशालामा वृक्षारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा मञ्चले पोखरा रंगशालालाई स्वच्छता र सुन्दरता बढाउन वृक्षारोपण गरेको हो । त्यस अवसरमा विभिन्न ३० भन्दा बढी प्रजातिका विरुवा रोपिएको मञ्चका कोषाध्यक्ष महेश पौडेलले जानकारी दिनुभयो ।
मञ्चका निवर्तमान अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले कार्यक्रम शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा उहाँले नेपाली ओलम्पिक आन्दोलनलाई सबै तह सम्म पु¥याउनु पर्ने खाँचो औल्याृउँदै गण्डकी प्रदेशमा समेत ओलम्पिकका विभिन्न कमिसनहरु गठन गरी अघि बढ्ने बताउनुभयो ।
मञ्चका संस्थापक अध्यक्ष एवं स्पोर्टस फर अल कमिसन गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाटले आधुनिक खेलकुदको महत्व बढ्दै गएको बताउनुभयो ।
मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएका कार्यक्रममा महासचिव कृष्ण तिमिल्सिनाले पनि बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
Archives
Archives