पोखरा, २४ वैशाख । पोखराका सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड पाउनु भएको छ ।
काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा उहाँलाई विन्ध्यवासिनी म्युजिक अवार्ड बाट पुरस्कृत गरिएको हो ।
रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड हात पार्नुभयो । उहाँले सिर्जना गरेको “शुन्य भयो डाँडैको चौर” सर्वोत्कृष्ट भएको हो । जसमा लोकदोहोरी गायक रामजी खाँण र गायिका अन्जु पन्तको आवाज रहेको छ ।
पोखरामा रहेर संघर्षरत रहे पनि नेपाली संगीत क्षेत्रमा भने उहाँको योगदान अतुलनीय छ । खासगरी नेपाली लोकगीत क्षेत्रमा उहाँले सिर्जना गरेका गीतहरुलाई रुचाइएको छ ।
प्रेमिल भावका गीत सँगै उहाँले सामाजिक यथार्थपरक विषयवस्तुमा आधारित गीत पनि सिर्जना गर्नुहुन्छ । घर शुन्य भो, बाख्रा पालम्ला उहाँका सामाजिक यथार्थपरक गीत हुन् ।
यस बाहेक अमिलो रसैले, सरसर, तिम्रो पछ्यौरी९रत्यौली०, ओई माया, ढल्के बरको छायाँले, बम्बैको साडी, हुन हुनि थियो र मलाई, प्यार प्यार, डालीमा बसेको चरी, जन्मघर माइतैमा, डाली रित्तै भो जस्ता गीत चर्चामा छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार हुँदै
जय शिव भोलाको म्यूजिक भिडियो सार्वजनिक
सात जना श्रष्टालाई सम्मान अर्पण गरिने
‘आमा भनेकै आमा हुन्’ गीत लोकार्पण
अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार ज्येष्ठ गीतकार खरेललाई