पोखरा, १३ वैशाख । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टालाई सम्मान गरिने भएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उहाँहरुलाई सम्मान गर्न लागको हो ।
यसरी सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा अम्मर पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका श्रष्टा आलोक गुरुङ हुनुहुन्छ।
उहाँहरुलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्ला सहित सम्मान अर्पण गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले बताउनुभयो ।
यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङलाई सम्मान गरिने भएको छ । उहाँलाई नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ ।
गण्डकी प्रज्ञा युवा सम्मानबाट मोती बहादुर कार्की र लक्ष्मी थापा सम्मानित हुने भएका छन् । उनीहरुलाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको संयोजकत्वमा गठन भएको छनोट समितिले उहाँहरुलाई छनोट गरेको हो । छनोट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहनु भएको छ ।
सबै श्रष्टालाई यहीं बैशाख १५ गते शुक्रवार दिउँसो साढे १ बजे गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा विशेष कार्यक्रमको आयोजना गरेर सम्मान अर्पण गरिनेछ । सो कार्यक्रममा सम्मानित श्रष्टाले धुनमा कविता सुनाउनु हुनेछ ।
यसैगरी झाँकी प्रदर्शन, नृत्य प्रस्तुती र गायन प्रस्तुती समेत कार्यक्रमको आर्कषणको रुपमा रहने प्रतिष्ठानले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गर्ने
गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी
भ्रष्टाचारबिरुद्ध डि–मर्चाले ल्यायो ‘भ्रष्टाचारीलाई किरा परोस्’ गीत
नाटक ‘करेसा कन्सर्ट’ शनिवार मञ्चन हुने
जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती