पोखरा ७, वैशाख । आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियो पोखरामा लोकार्पण गरिएको छ ।
संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले लोकार्पण गर्नुभयो । भिडियोको निर्देशन नेत्र गुरुङले गर्नुभएको छ ।
गीतकार मल्लले आफ्नो पेशा संचारकर्म भएपनि साहित्य रूचिको बिषय भएको बताउनुभयो ।
कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले आमा शब्द आफैमा महान भएको भन्दै सानैमा आमा गुमाएकाले आमा भन्ने वित्तिकै गला अवरूद्ध हुने गरेको अनुभव सुनाउनुभयो ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले आम मानिसले बाँचेको जीवनको पाटोलाई गीतले समेटेको बताउनुभयो ।
प्राज्ञ तथा वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आमा शब्दको महिमा विशाल रहेको भन्दै गीतको म्युजिक भिडियो हेर्दे गर्दा आफ्नो आमाको दुःखलाई सम्झिएको उल्लेख गर्नुभयो ।
गायक विनोद बानियाँले कविता निकै मन परेकाले कम्पोजगरी गीतको रूपमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । निर्देशक नेत्र गुरुङले शब्दले निकै मन छोएको सुनाउनुभयो । कास्कीकोटममा छायांकन गरिएको गीतको भिडियोमा खिमकुमारी सुवेदी र अनिल कार्कीको अभिनय छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार हुँदै
पोखराका सर्जक घनश्यामलाई विन्ध्यवासिनी म्युजिक अवार्ड
जय शिव भोलाको म्यूजिक भिडियो सार्वजनिक
सात जना श्रष्टालाई सम्मान अर्पण गरिने
अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार ज्येष्ठ गीतकार खरेललाई