पोखरा, १५ चैत । अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार पहिलो पटक ज्येष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ ।
नेपाली गीतसंगीतका धरोहर, नेपाली राष्ट्रगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति तथा सम्मानमा पोखरेली युवा सांस्कृतिक परिवारले पुरस्कार स्थापना गरेको हो ।
पोखरेली युवा सांस्कृतिक परिवारले नेपाली गीतलेखनको क्षेत्रमा छ दशक भन्दा बढी समयदेखि अनवरत साधनारत खरेललाई सो पुरस्कार प्रदान गर्न लागिएको जनाएको छ ।
पुरस्कारको राशी दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र रहने छ । यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले विज्ञप्ति प्रकाशित गरी यस पुरस्कारले नेपाली संगीतकर्मी एवम् संगीतप्रेमी समस्त महानुभावहरुले खुसी र गर्वबोध गर्ने अपेक्षा गर्नुभएको छ । पुरस्कार आउँदो वैशाख १६ गते पोखरामा प्रदान गरिनेछ ।
वि.स १९९५ माघ २७ गते काभ्रेपलाञ्चोकको खरेल चोकमा जन्मनुभएका खरेलले पाँच दर्जन भन्दा बढी विभुषण ,अभिनन्दन र सम्मान पाइसक्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गर्ने
गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी
भ्रष्टाचारबिरुद्ध डि–मर्चाले ल्यायो ‘भ्रष्टाचारीलाई किरा परोस्’ गीत
नाटक ‘करेसा कन्सर्ट’ शनिवार मञ्चन हुने
जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती