पोखरा, १२ पुस। कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीको अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गरिने भएको छ।
पहिलो दिन पुस १३ गते पोखरा २७ स्थित प्रतिमाचोक, तरुण तपसी पार्क र कविशिरोमणि जन्मस्थल सरसफाई र विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता गरिने छ।
दोस्रो दिन पुस १४ गते पोखरा २७ स्थित विद्यालयका विद्यार्थीबिच कविता प्रतियोगिता गरिने छ ।
तेस्रो दिन पुस १५ गते लेखनाथ प्रतिमामा माल्यार्पण र मूल समारोह गरिने लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले जानकारी दिनुभयो।
Related News
सम्बन्धित समाचार
पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार हुँदै
पोखराका सर्जक घनश्यामलाई विन्ध्यवासिनी म्युजिक अवार्ड
जय शिव भोलाको म्यूजिक भिडियो सार्वजनिक
सात जना श्रष्टालाई सम्मान अर्पण गरिने
‘आमा भनेकै आमा हुन्’ गीत लोकार्पण