नेपाल लिटरेचर फेस्टिभलको एक दशक

राष्ट्र न्यूज सम्वाददाता
पौष ७, २०७९
image_6483441 (1)

पोखरा,७ पुस। नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ।

करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले विद्वत्प्रवचन दिनुभयो।

उहाँले ‘नेपाल २०९०’ शीर्षकमा दिएको मन्तव्यमा विशेषगरी नेपालले अपनाउनुपर्ने विकासको शैली र यहाँका सम्भावना एवम् राजनीतिक÷सामाजिक नेतृत्वले लिनुपर्ने बाटाबारे चर्चा गर्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिनुभयो । यसअघिका फेस्टिभलमा प्रदीप गिरिहरूजस्ता वक्ताहरूले दिएको भाषण र संवादलाई पनि सम्झिनुभयो।

त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पनि यस साहित्यिक महोत्सवको महत्वबारे चर्चा गर्नुभयो ।

पहिलो दिन बाल विकास विज्ञ डा. मीनाक्षी दाहालसँग “घरबाट स्कुलसम्म“ शीर्षकमा फिस्टेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले छलफल गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ सङ्गितकार गोपाल योञ्जनका गीतहरूको साङ्गितिक प्रस्तुतिसमेत भयो। उक्त कार्यक्रममा कवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गर्नुभयो। त्यस्तै उज्ज्वल सागर, बानिका प्रधानलगायत गायकहरूले उहाँका गीत गाउनुभयो।

फाइनप्रिन्टद्वारा प्रकाशित गोपाल योञ्जनका गीतहरूको सङ्ग्रह गोपालय समेत उक्त कार्यक्रममा लोकार्पण गरियो। फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives