पोखरेली प्रतिभा भट्टराईले लेख्नुभएको ‘नाष्ट गान’ सर्वोत्कृष्ट

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १५, २०७९
Hari bhatterai

पोखरा, १५ साउन । पोखरेली प्रतिभा हरिप्रसाद भट्टराईले लेख्नुभएको ‘नाष्ट गान’ सर्वोत्कृष्ट भएको छ ।

उहाँले सर्वोकृष्ट ‘नाष्ट गान’ लेखेवापत रु. ५० हजार नगद पुरस्कार पाउँनु भएको छ । उहाँ पत्रकारिता र कानून व्यवसायमा समेत क्रियाशील हुनुहुन्छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यसअघि एक सूचना मार्फत् नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव–प्रवर्तन सम्बन्धी र त्यसमार्फत् देशको समृद्धिबारे पूर्णभाव प्रष्टफुटन हुने गरी नास्ट गान तयार पार्न इच्छुक सर्जकहरूलाई आव्हान गरेको थियो । नास्ट गान लेखनमा देशभरका दर्जनौ स्रष्टाहरुले सहभागिता जनाउनु भएको थियो ।

पोखरेली प्रतिभा भट्टराईद्वारा रचित नाष्ट गान वरिष्ठ संगीतज्ञ न्हू बज्राचार्यले संगीत दिनु भएको छ भने उहाँ समेतका कलाकारले स्वर दिनुभएको छ ।
नास्टले हालै सम्पन्न गरेको नवौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नास्ट गान ‘लञ्च’ गर्नुभएको थियो । यद्यपि नास्टले उक्त गीत आम श्रोताको सहज पहुँचमा राखेको छैन ।

‘नास्ट गानको रचनाकार पोखराले पाउनु सम्पूर्ण पोखरेलीको गौरव हो,’ भट्टराईले भन्नुभयो – ‘म एउटा साधक हूँ । साधनाका क्रममा एउटा रचना सर्वोकृष्ट भयो । यसमा खुशी नहुने कुरै छैन । तर यो खुशी मेरो व्यक्तिगत खुशी मात्र होइन, समग्र पोखराकै खुशी हो ।’

Related News

सम्बन्धित समाचार

Archives

Archives