निर्णय खाद्य बस्तुमा छुट,गोदाम छ रित्तो

सरकारले बिना तयारी हचुवाको भरमा निर्णय ग¥यो – कोइराला

राष्ट्र न्यूज सम्वाददाता
जेठ २४, २०७८
corporation

पोखरा, २४ जेठ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले खाद्य बस्तुमा छुट दिने निर्णय सार्वजनिक गरेपनि गण्डकी प्रदेशमा त्यसको कार्यान्वयन हुन सकेको छ ।

कर्पाेरेशनले सूचना प्रकाशित गरेको तीन दिन पछिसम्म पनि पोखराको बसपार्कमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड गण्डकी प्रदेश कार्यालयबाट कुनै पनि खाद्य बस्तु उपलब्ध हुन सकेको छैन ।

कार्यालयको गोदाम खालि छ, २० प्रतिशत छुट भनेर उल्लेख गरिएका खाद्य बस्तु नै छैनन् । गोदाममा आयो नून मात्र छ, त्यो पनि छुटमा विक्रीका लागि हैन ।

कर्पाेरेशनले जेठ २० गते निषेधाज्ञा अवधिभर लागु हुने गरी खाद्य बस्तु र ग्याँसमा २० प्रतिशत छुट उपलब्ध गराउने सूचना प्रकाशित गरेको थियो । ‘छुटमा उपलब्ध गराउने भनिएका बस्तु आएका छैनन्, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख बासु उपाध्यायले भन्नुभयो – ती बस्तु आउँदैछन् भन्ने जानकारी पनि आएको छैन।’

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताउनुभएको थियो ।

कर्पाेरेशनले पनि सरकारले आ.व २०७८÷०७९ को बजेट वक्तव्यमा घोषणा गरे बमोजिम भन्दै पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउँने ग्याँस(एसटिसी)मा २० प्रतिशत छुट उपलब्ध गराउने सूचना जारी गरेको थियो ।

ग्याँस भने काठमाण्डौं उपत्यकामा मात्र उपलब्ध हुने भनिएपनि गण्डकी प्रदेशमा उपलब्ध हुनुपर्ने अन्य खाद्य बस्तु समेत आएको छैन ।

सरकारले घोषणा गरेका विषय कार्यान्वयन हुन नसक्नु दुःखद् विषय भएको उपभोत्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाको भनाइ छ । उहाँले सरकारले आफ्नो घोषणा कार्यान्वयन नगरी आमउपभोत्तालाई धोका दिन नहुने उल्लेख गर्नुभयो ।

काठमाण्डौंका मात्रै उपभोक्ता हुन् जस्तो गरी त्यहाँका विक्री केन्द्रबाट छुटमा खाद्य बस्तु र ग्याँस विक्री गरिएको उहाँको गुनासो छ ।
‘सरकारले बिना तयारी हचुवाको भरमा निर्णय गरेको पाइयो, उहाँले भन्नुभयो– गण्डकी प्रदेशमा घोषणा भएअनुसारको तयारी देखिएन।’

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै