कास्की काँग्रेसले पार्टी कार्यालयआइसोलेशन वार्ड बनाउने दिने र एम्बुलेन्स संचालन गर्ने

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २६, २०७८
congress

पोखरा, २६ वैशाख । नेपाली काँग्रेस कास्कीले सरकारलाई आवश्यक परेमा पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइशोलेशन वार्ड बनाउन दिने भएको छ ।

कोरोना महामारीले संकट निम्त्याएका बेला संक्रमतिको उपचारमा सहज पु¥याउने उद्देश्यले पार्टी कार्यालयलाई आइशोलेशन वार्ड बनाउन दिने निर्णय गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस कास्कीले आइतबार कार्यसमिति र पार्टीका जिल्ला नेताहरुसँग आयोजना गरेको जुम बैठकले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ हुने गरेको र महंगो रकम तिर्नुपर्ने अवस्था रहेकाले पार्टीले जेठ १ गतेदेखि एम्बुलेन्स संचालन गर्ने निर्णय गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको बैठकले संकटका बेला कोरोनाविरुद्वको भ्याक्सिन खरिदमा समेत सरकार कमिशनको खेलमा लाग्नु निन्दनीय भएको भन्दै खेद प्रकट गरेको छ ।

महामारीका बेला सरकारको कमिशनको खेलले आमनागरिकलाई निराश बनाएको भन्दै कास्की काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैठकले कमिशनको विषय तत्काल छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेको छ ।

बैठकले कसैको घरमा अक्सिजन सिलिण्डर खाली रहेको भए अस्पताल र प्रशासनलाई बुझाएर सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

त्यस्तै, बैठकले कोरोना संक्रमितको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै कोरोना संक्रमणका कारण दिवंगत हुनुभएकाको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives