पोखरा, १८ वैशाख । नेपाली काँग्रेस कास्कीले जनताका लागि तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शनिवार बसेको जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश र गाउँपालिका सभापतिको संयुक्त बैठकले त्यस्तो माग गरेको हो ।
नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार, बैठकले जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गरेको छ ।
बैठकले कोरोना महामारीमा बेला जनताका लागि सहज रुपमा कोरोना स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनुपर्नेमा उपचार सेवा समेत दिने नसक्ने भन्दै सरकारले जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको ठहर गरेको छ ।
‘समस्या र संकटका बेला सरकार झन् अरु बेला भन्दा जनताप्रति जिम्मेवार बन्नुपर्नेमा गैरजिम्मेवार बनेकोले कास्की काँग्रेसको ध्यानाकर्षण भएको छ, प्रवक्ता सिग्देलले भन्नुभयो, जनता र जनताको स्वास्थ्यप्रति सरकार गम्भीर बन्न आवश्यक देखिएको छ ।’
कास्कीमा काँग्रेसको क्रियाशील सदस्य १९ हजार १४ पुगेको छ । पूरानो सदस्यता नवीकरण र नयाँ वितरण गर्दा क्रियाशील सदस्यको संख्या त्यति पुगेको हो ।
काँग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरण यहि वैशाख १५ गते बुधबारदेखि सकिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोउवा संघको ६९ औं वार्षिक अधिवेशन
राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई
संविधान दिवसमा एमाले गण्डकीको “संचारकर्मीसंग नेकपा (एमाले)“ कार्यक्रम
कुँडहर सहकारीको अध्यक्षमा विश्वबन्धु
पोखरा महानगरपालिकाका ४८ जना नगर प्रहरीहरू दीक्षित