पोखराको पर्यटन विकासका लागि परिषद् र महानगरबीच छलफल

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १४, २०७८
paryatan

पोखरा, १४ वैशाख । पोखरा पर्यटन परिषद्ले पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगर र पर्यटन व्यवसायी बीच छलफल गरेको छ ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईको नेतृत्वमा संघमा आवद्ध संघसंस्थाका प्रतिनिधि सहितको टोली र महानगरका प्रमुख मानबहादुर जिसी बीच  कोभिड १९ को समस्या र पोखराको पर्यटनको विषयमा छलफल भएको हो ।

कोभिड १९ को महामारी यथावत रहेको अवस्थामा पर्यटन व्यवसायीले भोग्नु परेका समस्या लगायत पर्यटनको दिगो विकासमा  आगामी योजनाको बारेमा छलफल भएको अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो ।

“अहिले निकै कठिन अवस्थामा पर्यटन व्यवसायी छन्, स्थानीय सरकार व्यवसायी मैत्री हुन जरुरी छ, सँगसँगै पोखराको पर्यटनमा नविनतम सोच सहितका पूर्वाधार अबको खाँचो हो, यहि विषयमा छलफलमा जुटेका हौ”  भट्टराइले महानगर प्रमुखलाई पोखराको दिगो विकासका लागि २५ बुँदे सुझाव सहित ध्यानाकर्षण समेत गराएको  बताउनुभयो । “हामी महानगरको पर्यटन विकासमा सहकार्य र समन्वय गरेर अघि बढ्न तयार छौ” भट्टराईले भन्नुभयो ।

महानगर प्रमुख मानबहादुर जिसीले पोखराको पर्यटन विकासका लागि  आफू सधै सकारात्मक रहेको र नतीजामुखी कामको लागि प्रतिवद्ध भएको बताउनुभयो ।

 “पोखरा हामी सबैको हो, यसको विकासका लागि आवश्यक पूर्वाधारका निर्माणमा महानगर जुटिरहेको छ, कहि कतै आँखा नपुगेको हुनसक्छ सकारात्मक सुझाव अपेक्षा गरेका छौ”  उहाँले भन्नुभयो “विकासमा साझेदारी र सकारात्मक चिन्तनको आवश्यकता हुन्छ, हामीसबैको चाहाना पोखरालाई समृद्ध बनाउने हो” उहाँले पनि पर्यटन व्यवसायीसँग सहकार्य र समन्वय गरेर अघि बढ्न तयार रहेको बतातउनुभयो ।

परिषद्का महासचिव रामचन्द्र शर्माले पर्यटन क्षेत्रमा देखिएका समस्या सहित फेवातालको सौन्र्दयकरण  र दिगो पर्यटन विकासका लागि २५ बुँदे सुझाव दिएको जानकारी दिनुभयो भयो ।

त्यसैगरी पोखरा पर्यटकीय राजधानी भएकाले  पर्यटकीय क्षेत्रमा रात्रीकालीन व्यवसाय सञ्चालनका लागि सुरक्षा निकायसँग समन्वय गरी सहज वातावरण निर्माण गर्न पनि भनिएको छ । महानगरपालिकाबाट पर्यटन सम्बन्धी कार्यक्रमको लागि शिर्षक तोकी बजेट विनियोजन गर्नुपर्ने कुरा समेत उल्लेख गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives