पोखरा, ५ वैशाख । पोखराका विभिन्न ८ वटा उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ ।
पोखरामा आइतबार गरिएको बजार अनुगमनका क्रममा बिल विजक जारी नगरेका, उपभोग्य म्याद नाघेको बस्तु विक्री गरेका, कानून बमोजिम दर्ता नवीकरण नगरी व्यवसाय सञ्चालन गरेका उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई कारवाही गरिएको हो ।
कानून विपरीत कार्य गरेको भन्दै ति उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई कारवाही स्वरुप पाँच लाख ५० हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
प्रशोधित खानेपानी उत्पादक, निर्माण सामग्री विक्रेता, औंषधी विक्रेता, बेकरी उद्योग र फ्रेस हाउस लगायत अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा देखिएका सामान्य कैफियतलाई तत्काल सुधार्न निर्देशन दिइएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट आएको निर्देशक सहितको टोली, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय पोखरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखरा र राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिको टोलीले बजार अनुगमन गरेको हो ।
Related News
सम्बन्धित समाचार
पोउवा संघको ६९ औं वार्षिक अधिवेशन
राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई
संविधान दिवसमा एमाले गण्डकीको “संचारकर्मीसंग नेकपा (एमाले)“ कार्यक्रम
कुँडहर सहकारीको अध्यक्षमा विश्वबन्धु
पोखरा महानगरपालिकाका ४८ जना नगर प्रहरीहरू दीक्षित