मान्म, २९ चैत (रासस) । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् ।
शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् ।
आगलागी हुँदा दुर्ग सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीलगायत छ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए ।
आगलागी हुँदा मानवीय क्षति नभएको र अन्य एउटै घरको करीब १० देखि १५ लाखसम्मको धनमालको क्षति भएको अध्यक्ष सेजुवालले जानकारी दिए । “घरमा रहेका सबै धनमाल जलेर नष्ट भएका छन्”, उनले भने , “एउटै घरको करीब १० लाखदेखि १५ लाखसम्म धनमालको क्षति भएको छ ।”
आगलागीपीडितलाई तत्काल खान र बस्नका खाद्यान्न वितरण गरिएको अध्यक्ष सेजुवालले बताउनुभयो । “तत्काल खान र बस्नका लागि खाद्यान्नको व्यवस्था गरेको छौँ”, उनले भने , “अग्निपीडित अहिले त्रिपाल टासेर बसेका छन् ।” आगलागी पीडितलाई घर निर्माणका लागि नेपाल सरकारको जनता आवास कार्यक्रममार्फत घर निर्माणको पहल थालिने अध्यक्ष सेजुवालले बताए।
Related News
सम्बन्धित समाचार
रास्वपा सभापति लामिछानेलाई १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष
व्यवसायीद्वारा पोखरामा तत्काल अन्तर्राष्ट्रिय उडानको माग
सुवर्ण र गणेशमानको विरासत बचाउन सके काँग्रेस कसैसँग झुक्न पर्दैन– सभापति शर्मा
स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक – रास्ट्रपति पौडेल
Archives
Archives