पोखरामा प्रेस युनियनका केन्द्रीय सदस्य पराजुलीको कथा सङ्ग्रह कुमाताको विमर्श(कथाका बारेमा पराजुली यसो भन्छन् भिडियोसहित)

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ७, २०७७
kumata

पोखरा, ७ चैत । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, पत्रकार, आख्यानकार वसन्त पराजुलीको कथा सङ्ग्रह कुमाताको आज पोखरामा विमर्श गरिएको छ ।

भुँडी पुराँण प्रकाशन प्रा.लि.द्वारा प्रकाशित कथा सङ्ग्रहमा १० वटा कथा छन् ।

गीताञ्जली साहित्य परिवारद्वारा आयोजित विमर्श कार्यक्रममा वक्ताहरूले कुमातामा सामाजिक यथार्थताका विविध पक्षलाई उजागर गर्न खोजिएको बताए ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा कुुसुमाकर न्यौपानेले साहित्यमा आडम्बररहित प्रस्तुती हुने बताए । उनले नेपाली साहित्य, कला, संस्कृति देशको गहना भएको उल्लेख गरे ।

पुस्तकबारे चर्चा गर्दै उप प्रा.गीता पौडेलले नेपाली समाजमा विद्यमान विकृति विसंगतिलाई कथाहरूले चित्रण गरेको बताए ।

सहप्रा.डा.पुण्यप्रसाद शर्माले कुमातामा रहेका कथाका आधारमा कथाकार पराजुलीलाई सामाजिक यार्थतावादी कथाकारका रुपमा चित्रण गर्न सकिने बताए ।

कार्यक्रममा पत्रकारहरु गंगाधर पराजुली, दीपेन्द्र श्रेष्ठ, बद्रीविनोद प्रतिक, सरिता तिमिल्सिना लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives