पोखरा, १२ मंसिर । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले शुक्रबार पोखरामा खुल्ला रक्तदान गरेको छ ।
‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ पोखरा १० स्थित अमरसिंहचोकमा आयोजित रक्तदानमा ९६ युनिट रगत संकलन भएको संघका अध्यक्ष ओम बस्नेतले जानकारी दिए ।
नेपाली काँग्रेस खेलकुद विभागले संचालन गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरामा पनि रक्तदान गरिएको हो ।
कोरोनाको संक्रमणसँगै रक्तदान कार्यक्रममा कमी आई रगतको अभाव सृजना भैरहेका बेला भएको रक्तदानले रगतको अभाव कम गर्न टेवा पु¥याएको आयोजकको विश्वास छ ।
नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले रक्तदाता विकास गुरुङलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा उनले संघले मानवीय सेवा गरेको भन्दै प्रशंसा गरे । उनले मुलुक महामारीमा रहेका बेला प्रजातन्त्रवादी युवाको रचनात्मक भूमिका आवश्यक पर्ने उल्लेख गरे ।
नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेलकुदका माध्यमबाट युवाहरुलाई सृजनशील बनाउन सकिने बताए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष ओम बस्नेतको अध्यक्षतमा भएको कार्यक्रम सचिव प्रकाश बरालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान