नाटक ‘बितेका कुरा’ मञ्चन हुँदै

Avatar राष्ट्र न्यूज सम्वाददाता
जेठ २, २०७५
pkr biteka kura 4

पोखरा, २ जेठ । गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा जेठ ३ गते बिहिबारबाट नाटक ‘बितेका कुरा’ मञ्चन हुँदैछ ।

पोखरा थिएटरको दोस्रो प्रस्तुतीको रुपमा यो नाटक मञ्चन हुन लागेको हो । पोखरा थिएटरको पहिलो प्रस्तुतीमा नाटक सिरुमारानी मञ्चन भएको थियो । पहिलो नाटकमा जस्तै दर्शकको माया पाउने थिएटरको अपेक्षा छ ।

नाटकमा पुराना रंगकर्मी प्रकट पंगेनी शिव सहित दिलप्रसाद गुरुङ, धुर्व पौडेल, बबिता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सुर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिमिल्सिना, सिम्रन पौडेलले अभिनय गर्दैछन् । एक घण्टा लामो नाटक जेठ १९ गतेसम्म मञ्चन हुनेछ ।

सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो समेत हुनेछ ।
रुपनारायण सिँहले लेखेको यो नाटक पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले निर्देशन गर्दैछन् ।

नाटकको परिकल्पना समेत कार्कीले गरेका हुन् । नाटक हेर्न सर्वसाधरणका लागि तीन सय तथा पाँच सय रुपैयाँको टिकट काट्नुपर्नेहुन्छ । विद्यार्थीको हकमा भने एक सय रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • मौनता भङ्ग गर्ने कविता सङग्रह “चुल्ठो”

    Avatar रासस फागुन २१, २०७७
    पोखरा, २१ फागुन (रासस) । मौनता भङ्ग गर्ने कविता सङग्रह “चुल्ठो” जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन…
  • ललितकुमार हेलकुमारी बाटाजु संगीत पुरस्कार गायक बानियाँलाई

    Avatar राष्ट्र न्यूज सम्वाददाता असार १०, २०७५
    पोखरा, ९ असार। ललितकुमार हेलकुमारी बाटाजु स्मृति संगीत पुरस्कार पोखराका युवा गायक विनोद बानियाँलाई प्रदान गरिएको छ। बाटाजु परिवारले स्थापना…
  • कञ्चनपुरका युवा नवराज कलौनीको मत चरी आउँला गित बिमोचन

    Avatar राष्ट्र न्यूज सम्वाददाता वैशाख २८, २०७५
    महादेव अवस्थी कञ्चनपुर, बैशाख २६ कञ्चनपुरको बेदकोट नगरपालिका–८ भाँसीका युवा नवराज कलौनीले ल्याएको मत चरी आउँला………….बोलको गित बिमोचन गरिएको छ…
  • बसन्त थकाली एकल साँझमा झुल्किदै

    Avatar राष्ट्र न्यूज सम्वाददाता वैशाख १३, २०७५
    पोखरा, १३ बैशाख । पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक बसन्त थकाली बसन्त रुविना फाउन्डेशनको आयोजनामा पहिलोपटक एकल साँझमा झुल्किने भएका…
  • “काण्ड“

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन १७, २०७४
    सुदर्शन आचार्य                                              लेखक सुदर्शन आचार्य प्रेम सबथोक बनेर आउँछ , अनि त्यही प्रेम सबथोक लिएर जान्छ। बद्लामा तिता यादमा…

Trending

ट्रेन्डिङ्ग