राधा (कथा)

राष्ट्र न्यूज सम्वाददाता
माघ ७, २०७४
roirahay ko mahila

बाह्र बजिसकेको थियो हामी खाना खाने तरखरमा थियौॅ। आज छुट्टीको दिन भएकाले ढिलो भयो मैले खाना पस्किएर टेवलमा राखी उहाॅलाई खाना खान बोलाए अर्को कुर्सीमा गएर बसे ।किन कान्छी यतै बसन उहाॅले भन्नुभयो आज हजुरलाई हेरिरहन मन भयो त्यसैले …… खाना खाएर उहाॅ साथीहरुसॅग काम केही बेरमै आउॅछु तिमी ठिकै पर्दै गर भनेर बाहिर निस्कनुभयो

हामी प्रत्येक शनिवार घुम्न जान्थ्यौॅ कित फिल्म हेर्न कहिले फेवाताल, बेगनास ताल, महेन्द्र गुफा ,पातले छाॅगो ,शान्ति स्तुपा कहिले यसै पार्कतिर दिनभरि बसेर सुन्तला बदाम खाएर फर्कन्थ्यौॅ ।आधा घन्टामा नै उहाॅले फोन गर्नुभयो भन्नुभयोकान्छी त्तयार भयौ ।तर भने खाना खाएर हात चुठेकी पनि थिइन् आज कतै जान मन पनि थिएन। मलाई यस्तो लाग्यो मैले उहाॅलाई बाॅधेर राखेकी छु।कताकता मन धमिलो भयो मैले भनेहजुर साथीहरूसगै बस्नु आज कतै नजाऊ पछाडीबाट आवाज आउॅदै थियो जोइटिङ्ग्रे;आज छुट्टी पायो। यी शब्दले मलाई कताकता च्वास्स घोच्यो फोन काटिएको थिएन उहाॅले भन्दैहुनुहुन्थ्योके गर्ने साथी उसको पनि को ? छोराछोरी ,बाआमा ,दाजुभाइ जे भनेपनि मात्रै हुॅ।त्यसैले एक्लै छोड्नै मन लाग्दैन। अरू पनि के के भन्दै हुनुहुन्थ्यो मैले सुन्न सकिन फोन काटिदिए दिन रमाइलो बनाउने कोसिस गर्दै बितेका थिए एक्लै हुॅदा नरमाइलो लाग्थ्यो उदास हुन्थे तर उहाॅको उपस्थितिमा भने जबरजस्ती हसिलो हुने प्रयास गर्थे

हाम्रो विहे भएको पनि बीस बर्ष भइसकेको थियो ,तर बच्चा भने भएका थिएनन् कति डाक्टर धाॅमीझाॅक्री कहाॅ धायौॅ तर भएनन् शायद भाग्यमा सन्तानको सुख लेखेको नै थिएन होला प्राय प्रत्येक दिन धमिलो भएरै बित्थे जीवनको केही लक्ष्य थिएन। एउटा नाङ्गो रुख जस्तै भएर बाॅचेको अनुभूति हुन्थ्यो मलाई त्यो रुखमा फूल फूल्थे फल नै लाग्थ्यो अलिअलि भएका खुसीका पातहरू पनि समाजका बोली व्यवहारले उडाएर लैजान्थे जसलाई टिपेर फेरि गाॅस्ने मेरो साहास नै आउदैनथ्यो। हुन मेरो सामुन्ने केही भन्दैनथे तर पछाडि चाहि बाॅकी राख्दैनथे कुरा काट्न ;बाॅझी अनि अरू केके भनेर यस्तो शब्दमा बानी परिसकेकी मैले उहाॅलाई दोस्रो बिहे गर्न नभनेको पनि होइन तर उहाॅले मान्दै मान्नुभएन ।त्यो दिनभरि मनमा कुरा खेलाएर बसिरहे दिउॅसोको चार बजेतिर उहाॅ आउनुभयो खाजा लिएर आउनुभएको रहेछ। मैले साथीहरुसॅग बसेर खाए तिमी खाऊ भन्दै मलाई खाजा निकालेर दिनुभयो मैले उक्त खाजालाई दुईवटा प्लेटमा राखेर उहाॅलाई पनि दिए उहाॅले मन सानो गर्ली भनेर होला चुपचाप खानुभयो।

भोलिपल्ट उहाॅ अफिस जानुभयो दिनभरि एक्लै हुन्थे तर कहिलेकाही भने मेरो मिल्ने साथी शारदा आउथिन गफ गरेर बस्थ्यौॅ। शारदाका दुई छोराहरू थिए।
त्यस्तै बार /तेर वर्षका उसका छोराहरू स्कुल जान्थे ।बिचरी शारदा माइतीको शरणमा बसेकी थिई। उसको लोग्नेले 062/063को द्वन्द्वकालमा ज्यान गुमाएको थियो ।उसको कान्छो छोरोले आफ्नो बाबुको मुख पनि देख्न पाएन बिचरो गर्भे टुहुरो भएको थियो मलाई शारदा उसका छोराहरू मेरो घरमा आएर बस्दा कताकता आनन्द लाग्दथ्यो। सुरजलाई (उहाॅलाई)बाबा भनेर बोलाउदा मलाई आफ्नै छोराहरू जस्तै लाग्दथ्यो उनीहरूले मलाई भने आन्टी भनेर सम्बोधन गर्थे शारदा हाम्रो घरमा आउदा जाॅदा मलाई रमाइलो लाग्थ्यो अझ सुरजसॅग नजिक भएर बोली भने झनै रमाइलो मान्थे ।यस्तो लाग्थ्यो शारदा पनि हाम्रै घरमा नै बसे कस्तो रमाइलो हुॅदो हो। कसैलाई केहीको अभाव कसैलाई केहीको ; यो संसारमा कसैलाई पनि सुख सन्तोष भन्ने छैन होला। आज एक थोकको आवश्यक पर्छ त्यो पूरा भएपछि अर्को आवश्यकता जन्मन्छ अनि त्यो पनि पूरा हुन नपाउदै फेरि अर्को जन्मन्छ। वास्तवमै मानिस एक असन्तोषी प्राणी हो ।आफूसॅग जे त्यसको कुनै वास्ता गर्दैनन् बरु नभएको चिजको खोजी गर्दै सारा जीवनलाई नै शून्यतातिर धकेल्न पुग्छन् शायद पनि त्यस्तै मानिसहरु मध्यको एक पात्र थिए ।जसले आफ्नो भन्दा बढी माया ख्याल गर्ने श्रीमानलाई(सुरज) जानीजानी शारदासॅग नजिकाउन खोज्दै थिएॅ कारण उसका छोराहरु थिए अनि त्योभन्दा पनि ठूलो कारण अर्कै थियो।

केही समयदेखि हामी कतै घुम्न गएका थिएनौॅ। शारदा हाम्रो घरमा आउनेजाने क्रम बढिरहेको थियो प्रत्येक दिनजसो अनि उसका छोराहरु आउदथे यदि आएनन् भनेपनि आफैले फोन गरेर बोलाउथे कहिले खाजा कहिले खाना खुवाएर पठाउथे शारदा अत्यन्त सोझी, सरल स्वभावकी थिई। कहिलेकाहि सुरजको मोवाइलको म्यासेन्जरबाट उसलाई समयअनुसारशुभरात्री ‘,’शुभप्रभातजस्ता शब्द लेखेर पढाइदिन्थे उसले पनि त्यस्तै प्रतिक्रिया दिन्थी तर सुरजलाई थाहा नहोस् भनेर मैले डिलेट गरिदिन्थे केही समय सन्चो बिसन्चोको कुरा गर्दागर्दै मज्जाले बोल्ने भएकी थिई सुरज ठान्दै मसॅग, त्यसपछि भने मैले कुरा गर्न बन्द गरिदिए म्यासेन्जरबाट।

समय बित्दै थियो शारदाका छोराहरु पनि एउटा पाॅच अर्को चारमा पढ्ने भएका थिए उनीहरुको स्कुलमा केही कार्यक्रम चल्दै रहेछ आफ्ना बाबाआमा लिएर आउनु भनेका रहेछन् ।त्यो साॅझ शारदाका छोराहरु आएर सुरजलाई बाबा भोलि हाम्रो स्कुलमा जाऊॅ है भन्न थाले उहाॅले अल्ली भ्यादिनकी भन्नु के भएको थियो। उनीहरु साह्रै जिद्दी गर्न थाले हजुर हाम्रो बाबा भएको भए गइहाल्नुहुन्थ्यो नि हजुर हाम्रो बाबा नै हैन भनेपछि उहाॅलाई नराम्रो लागेछ क्यार दुवैलाई अगाल्दै हुन्छ जाउॅला भन्नुभयो ।त्यो क्षणमा पनि मलाई साह्रै नरमाइलो भयो ।शायद मेरा छोराछोरी हुॅदाहुन यस्तै गर्ने थिए होला फेरि मन अमिलो बनाउॅदै किचनतिर लागे उनीहरुका लागि केही खानेकुरा दिएॅ। खुसीले नखाइकन हातमै लिएर घर गए।भोलिपल्ट बिहान नौ बजेतिर बाबा भन्दै गेटबाट चिच्याउॅदै भित्र पसे दुवैजना उहाॅ पनि त्तयार भएर निस्कनुभयो मलाई पनि जाऊॅ भन्नुभएको थियो तर त्यसरी खुलेर कही पनि जाॅदैनथे मन नगएपछि शारदा गई छोराहरुलाई लिएर उहाॅकै साथमा मैले भने छतबाट हेरिरहे परसम्म आॅखाले देखिन्जेल सुरुसुरुमा शारदा सुरजसॅग बोल्दा उसको नजिक हुॅदा रमाइलो मान्ने तर आज भने कस्तो कस्तो नरमाइलो लागेझै भएको थियो हुन मेरा सबै दिनहरु नरमाइलानै हुन्थे अझ त्यो दिन भने अरु दिनभन्दा बेग्लै नरमाइलो लाग्यो मलाई

म्यासेन्जरबाट बोल्ने साहस जुटाइदिएकी मैले शारदाको अब आफैले कुरा सुरु गर्न थालकी थिई सुरजसॅग। शारदा सुरजसॅग नजिक हुॅदै गएकी थिई भने चाहि टाढा हुॅदै त्यो पनि आफैले गर्दा शारदा उहाॅसॅग बोल्दा, हाॅस्दा ,ठट्टा गर्दा मैले केही प्रतिक्रिया नजनाएको देखेर उहाॅ छक्क पर्नुहुदो हो शायद त्तैपनि केही भन्नुहुदैनथ्यो मलाई तर मेरो ख्याल भने पहिलाभन्दा बढी गर्नुहुन्थ्यो।म भने टाढिन खोजेझै गर्थे एकदिन अचानक मलाई बेस्सरी टाउको दुख्यो हुन टाउको दुखाइ सामान्य नै मानिन्छ पनि त्यही मान्थे तर त्यो दिन भने बेस्कन दुख्यो सकिनसकी उहाॅलाई फोन गरेर बोलाए ।तुरन्तै आउनुभयो हामी G.M.C.को इमरजेन्सीमा गयौॅ। पहिले पहिले पनि त्यही जाने गरेकी थिएॅ त्यसैले अहिले पनि त्यही गइयो पहिलेबाटै देखाइरहेका डाक्टर थिए। इमरजेन्सी वार्डभित्र लगेपछि मैले डाक्टरलाई हातको इसाराले बोलाए उहाॅ भने बाहिर स्लाइन ,औषधी अरु केके लिन जानुभएको थियो मैले डाक्टरलाई भने डाक्टरसाब मेरो बिमारको बारेमा उहाॅलाई केही थाहा छैन अब पनि थाहा नदिनुहोला मैले बेहोसीमै बिन्ती गरे डाक्टरले मेरो बिन्तीलाई स्वीकार गर्दै टाउको हल्लाए तर मलिन अनुहार बनाउॅदै किनकी उनलाई थाहा थियो मेरो अवस्था।भित्र लगेपछि दुई/चारवटा इन्जेक्सन लगाइयो केके चेकजाॅच गरियो मैले आधाआधीमात्रै थाहा पाएकी थिएॅ ।चारदिन हस्पिटल बसेपछि पाॅचौॅ दिनमा हामी घर फर्कियौॅ।अलिअलि औषधी लिएर ,फर्कने बेलामा उहाॅले कस्तो रिपोट भनेर डाक्टरलाई सोध्नुभयो डाक्टर केही अन्कनाए झै गरेर अॅ…..रिपोट भोलि मात्र आउॅछ लिन आउनुहोला सकेसम्म बिरामीलाई एक्लै नछोड्नु भन्दै भित्र गए भने हामी बाहिरियौॅ। घरमा शारदा उसका छोराहरु रहेछन्।हस्पिटल हुॅदा पनि छिनछिनमै के भयो कसो भयो भनेर खबर सोध्थी। सुरजले नै हामी आउॅदै छौॅ भनेका थिए होला शायद त्यसैले खाना बनाएर बसेकी थिई ऊ। घरको गेटमा पुग्न नपाउॅदै बाबा आन्टी भन्दै उसका छोराहरु छोप्न आए। बेलुका अलिअलि खाना अनि औषधी खाएर टि. भी . हेरे झै गरी सोफामा पल्टिए सुरजले उठ कोठामा गएर सुत भन्दै समाएर उचाल्न खोज्दै थिए तर मलाई त्यही बस्न मन लाग्यो एक्लै।मैले भने हजुर गएर सुत्दै गर्नु ट्वाइलेट गएर आइहाल्छु नि!अब सन्चो भयो मलाई भन्दै उठेर बसेझै गरे हातले रिमोट चलाउॅदै ।सुरजको अगाडि मलाई पूरा सन्चो भएको अभिनय गर्दै भने हस्पिटलमा निदाउनु भएको छैन गएर सुत्नु आइहाल्छु।शारदा पनि हाम्रै घरमा थिई रात पर्यो जान्छु भनेकी थिई तर आफैले जान दिइन।उसले भाॅडाचुलो उम्काएर मेरै छेउमा आएर केही बेर कुराकानी गरेर बसी। रात छिप्पिन खोज्दै थियो। मैले उसलाई यही आराम गर्छु तिमी गएर सुत भनेपछि हाम्रो कोठाको छेउको कोठामा गएर सुती छोराहरुलाई लिएर ।मलाई भने एक किसिमको बेचैनी भएको थियो ।सुरजसॅग जाऊॅ कतिबेला के हुन्छ नजाऊॅ एक्लै के हुने हो भन्ने कुरा मनभित्र चलिरह्यो धेरैबेर।मनमा उठेको त्यो द्वन्द्वलाई धेरै बेर राख्न सकिन किनकी मसॅग अब समय निकै कम थियो त्यसैले हतारहतार मैले सधै प्रयोग गर्ने डायरी कलम लिएर एउटा पेजमा केही लेख्न मन लाग्यो सुरजको लागि। सकिनसकी चलम दौडाए………..

प्रिय सुरज ,

हजुरसॅग भेट हुॅदा जसरी प्रेम पत्रबाटै हाम्रो सम्बन्ध अगाडि बढेको थियो आज हजुरसॅग छुटिदा पनि यही प्रेम पत्र नै माध्यम बनेको छ।शायद छुटाउने मिलाउने काम नै यही पत्रको रैछ क्यार समय पनि कति निष्ठुरी हुन्छ हजुरसॅग सयौॅ जुनी बिताउने ति वाचा कसमहरुलाई पूरा गर्न सकिन मलाई माफ गरिदिनु ।हजुरसॅगको मेरो यात्रा यति नै रैछ जुन यात्रामा हजुरले मलाई कहिल्यै नराम्रो गर्नुभएन भन्नुभएन पनि।समाजले माथि हेर्ने दृष्टिकोणलाई हजुरले परिवर्तन गरिदिनुभयो मैले दोस्रो बिहे गर्नु भनेर कयौॅ पटक कर बल गर्दा पनि उल्टो मलाई सम्झाएर राख्न सक्ने हजुर एउटा महान् पुरुष हो जसलाई मैले राम्रोसॅग बेहोर्न पनि पाइन ।म कति अभागी रैछु ।कोही नभएकी एउटी टुहुरी केटीलाई ल्याएर महलमा राख्नुभयो। हजुरका पनि कति सपना थिए होलान् ती सपनालाई मैले पूरा गर्न सकिन ।सगै बाॅच्ने अनि सगै मर्ने कसम खाएका हामी आज आएर बिच बाटोमा छाडेर जाॅदैछु ।म गएपछि मलाई सम्झेर आफ्नो भविष्य नबिगार्नु

सुरज मेरो विवाह तिमीसॅग हुनुभन्दा पहिले देखिनै मेरो टाउको दुख्थ्यो अलिअलि ।सामान्य होला भन्दै सिटामोल खाएर बस्थे। के भयो कसो भयो भन्ने मान्छे पनि कोही थिएनन्।यसैबिचमा तिमी मेरो जीवनमा आयौॅ प्रेम ,प्रेमपछि विवाह भयो। हाम्रो बिहे लगतै पनि टाउको दुख्ने घुमाउने भइरहन्थ्यो तरपनि सानोतिनो कुरामा के पिरोल्नु भन्ने लागेर मैले तिमीलाई केही भनिन एक महिना पहिलेको कुरा तिमी अफिसमा थियौ ।एकदिन दिउॅसो बेस्सरी रिगटा लागेर उठ्नै सकिन केही बेर त्यतिकै बसिरहे तिम्लाई फोन गरेर भन्न पनि सकिन पिर पर्ला भनेर आफै सकिनसकि हस्पिटल गएॅ। चेक गर्दा ब्रेन ट्युमर भएको रहेछ त्यो पनि अन्तिम स्टेजमा रैछ। तिमीलाई याद होला एकदिन साथीकोमा आएकी यही बस भनेर आउनै दिइन यतै बस्छु है भनेर घरबाहिर थिए नि।हो त्यो दिन साथीकोमा नभई अन्तै थिए सुरज त्यो रात हस्पिटलको गल्लीमा छट्पटिएर बसिरहे। रातभरमा निर्णय लिन सकिन ।यतैबाट कही गएर मरूॅ वा के गरूॅ ।तिमीसॅग आएर कसरी भनूॅ मलाई ब्रेन ट्युमर भयो अब यो धर्तीमा एक महिनाभन्दा बढी बाॅच्दिन भनेर सुरज त्यो रात सम्झन पनि सक्दिन। मलाई त्यो रात मृत्युभन्दा पनि भयावह लाग्यो ।म कसरी तिम्रो अगाडि आऊॅ ,अन्तै जाऊॅ कसरी तिमीलाई छोडेर जाऊॅ। रातभरि आॅखा चिम्लन पनि सकिन हेर्न पनि अन्तमा विहान उज्यालो नहुॅदै हातमुख धोएर घर आए।सुरज तिमीसॅग मेरो रोग लुकाए किनभने समय छोटो थियो यदि त्यो छोटो समयमा तिमीले मेरो रोग थाहा पायौॅ भने मभन्दा पनि बढी तिमी दु:खी हुनेछौ।तिमी दु:खी भएको हेर्न चाहदैनथे त्यसैले मैले भन्न सकिन।सुरज संसार यस्तै आफूले सोचेको कहाॅ हुन्छ र।यदि हुॅदो हो हाम्रा पनि छोराछोरी हुॅदाहुन अनि नभए पनि तिनैले मेरो झल्को मेटाउॅदा हुन अझै मलाई नै केही नहुॅदो हो। निरोगी हुॅदी हुॅ के गर्ने। सुरज मेरो वियोगमा कत्ति पनि नआत्तिनु किनकी आत्तिएर आफ्नो मनलाई बिगारेर समस्याको समाधान हुॅदैन झन बढ्छ मात्र त्यसैले मनलाई दरो बनाउनु। मलाई पनि कहाॅ रहर पुगेको थियो ??? तिमीसॅगै जिउन तर पनि जति जिएॅ त्यसैमा खुसी छु। सुरज, हामी कहिल्यै पनि झगडा गरेनौॅ नि हैन!!!कति मिलेर बसेका थियौॅ।आफूभन्दा अर्कोमा बढी विश्वास गरेर तर जब मैले मेरो जीवन अब एक महिनामात्रै बाॅकी भन्ने थाहा पाएपछि भने केही फरक भएकी थिएॅ ।त्यो तिम्ले मेसो पायौ कि पाएनौ सकेसम्म मेसो नपाए हुन्थ्यो भन्ठान्थे प्रयास पनि त्यही गर्थे यो एक महिनामा मैले शारदालाई घरमा धेरै बोलाउने कारण पनि यही थियो तिमीसॅग नजिकिए पनि हुन्थ्यो भन्ठान्थे प्रयास पनि त्यस्तै गर्थे।

सुरज मलाई माफ गर है!! मैले तिमीलाई यति ठूलो कुरा लुकाए जसमा तिम्रो अनि मेरो जीवन जोडिएको थियो मैले भन्ने प्रयासै गरिन किनकी बाॅचुन्जेल तिमी दु:खी भएको हेर्न चाहदैन्थे त्यसैले गएपछि पनि तिम्रो साहाराको लागि घरमा लक्ष्मी भित्राएर जाॅदै छु ।सुरज जीवनको अन्तिम पलमा तिम्रै काखमा रहन चाहन्थे तर त्यो आट पनि गर्न सकिन किनकी मलाई छट्पटाउॅदै गरेको देख्दा तिम्रो मन कस्तो होला। कसरी आफूलाई सम्हालौला त्यसैले यो जीवनको बीस वर्ष तिम्रो अॅगालोमा रहेर पनि आज छुट्ने बेलामा त्यो आट गर्न सकिन मैले

अन्तमा सुरज,शारदा एकदम असल छ। इमान्दार सोझी छे ।उसलाई अनि उसका छोराहरुलाई पनि अभिभावकको खाॅचो अनि तिम्लाई पनि मेरो खाॅचो हुनेछ त्यसैले घरमा आएकी लक्ष्मीलाई फिर्ता नगर ।उसलाई स्वीकार गर।उसले नाइनास्ती केही गर्दिन किनकी मैले उसको मनको कुरा बुझिसकेकी छ।

सुरज मेरो भौतिक शरीर नभएपनि मैले तिमीलाई देखिरहने छु त्यसैले मलाई खुसी राख्ने हो भने तिमी कहिल्यै दु:खी नहुनु ………

उही तिम्री कान्छी

समाप्त

(यो कथाको शीर्षक राधा तर कथामा यो नाम कतै पाइॅदैन भन्ने लाग्ला हजुरहरूलाई ,यो नाम त्यसको हो जो कथाको प्रमुख पात्र उसैको सेरोफेरोमा कथा केन्द्रित त्यसैले ……..)
हजुरहरुको व्यस्त समयबाट केही समय निकालेर यो कथा पढिदिनुभएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।

(नेपाली साहित्य सुधा ग्रुपबाट लिइएको हो।)

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै