राप्ती खोलामा प्रहरीको शव फेला

रासस
वैशाख २५, २०७८
dead-body

वाग्मती, २५ वैशाख (रासस) । वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा आज एक प्रहरीको शव फेला परेको छ ।

उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो । गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives