अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो

राष्ट्र न्यूज सम्वाददाता
फागुन ३, २०८१
477461783_1952793028880401_6817266516377996821_n

पोखरा, ३ फागनु । आगोको ज्वालाले बेलुन फुटेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा शनिबार बेलुन फुटेर आगो लाग्दा उनीहरू घाइते भएका हुन्। रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालामा परेपछि ठूलो आवाजसहित बेलुन पड्कीदा उनीहरु घाइते भएका थिए ।

वेलुन पड्कीदा अर्थमन्त्रीे पौडेललाई हातमा र महानगर प्रमुख आचार्यलाई गालाको भाग डढेको थियो । घटना लगत्तै अर्थमन्त्री पौडललाई गण्डकी मेडिकल कलेज र महानगरका प्रमुख आचार्यलाई फिस्टेल हस्पिटलमा उपचार गरिएको थियो । थप उपचारका लागि डाक्टरको सल्लाह अनुसार उनीहलाई काठमाण्डौ लगिएको हो ।

बेलुनहरू पड्कीदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अहिले कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुवै जना खतरामुक्त रहेको पोखरा महानगर पालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै