गुल्मी, २४ वैशाख (रासस) ।गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्युभएको छ भने अन्य आठ घाइते भएका छन् ।
मृत्यु हुनेमा मुसिकोट –४ दजाकोटका १८ वर्षीया करिश्मा गाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चट्याङले घाइते उनीलाई अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्युभएको हो । आज बिहान घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही ठाउँका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, आठ वर्षीय जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुरसिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योती गाहा घाइते भएका सो कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
घाइतेहरु मध्ये चार जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरुको अनुहार लगायत शरीरमा चोट लागेको छ । उजिरबहादुर गाहा र भीम श्री गाहाको घरमा चट्याङ पर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
Archives
Archives