पोखरा, ९ वैशाख । पोखरा बहुमुखी क्याम्पसले पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर प्रसाद बास्तोलालाई आजिवन सदस्यताको प्रमाण–पत्र प्रदान गरेको छ ।
पोखरा महानगरपालिका वडा नं.९ नयाँबजार स्थित उक्त क्याम्पसको समग्र विकासमा योगदान पु¥याएको भन्दै क्याम्पसले अध्यक्ष बास्तोलालाई सम्मान गरेको हो । बुधबार वडा नम्बर चारको कार्यालयमा पुगेर अध्यक्षको कार्यकक्षमा नै क्याम्पसले बास्तोलालाई आजिवन सदस्यताको प्रमाण पत्र प्रदान गरेको थियो ।
क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले उपाध्यक्ष भिम गौतम, क्याम्पस भवन निर्माण समितिका संयोजक शंकर देवकोटा, क्याम्पस प्रमुख सिशुकला पराजुली, बद्री श्रेष्ठ र महेन्द्र रिमाल लगायतको उपस्थितिमा सम्मान पत्र प्रदान गरिएको हो ।
सदस्यता सम्मान पत्र प्रदान गर्दै लालचनले क्याम्पसका हरेक गतिविधिहरुमा सहभागी भई निस्वार्थ सेवा गरेका क्याम्पसका एक असल अभिभावकका रुपमा चित्रण गर्नुभयो ।
साविक पश्चिमाञ्चलको पहिलो सामुदायीक क्याम्पसको पहिचान बोकेको पोखरा बहुमुखी क्याम्पसले आफुलाई सम्मान स्वरुप आजिवन सदस्यता प्रदान गरेकामा अध्यक्ष बास्तोलाले खुसी व्यक्त गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
हेमजामा मादल बजाउने तालिम
स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष
भविष्य निर्माण माविको बस संचालनका लागि अक्षयकोषमा सहयोग जुट्दै
एन प्याव्सनको बाल प्रतिभा पहिचान महोत्सव सकियो
कम्प्युटर र नेतृत्व विकास तालिम
Archives
Archives