पोखरा । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सव सञ्चालनको १२ औं दिनसम्म आईपुग्दा लक्ष्यनजिक पुगेको आयोजकले दावी गरेको छ ।
महोत्सव अवधिभर २ लाख ५० हजार दर्शक र ९ करोड कारोेबार गर्ने लक्ष्य लिएको आयोजकले महोत्सव सकिन १ दिन बाँकी छँदासम्म २ लाख ४५ हजार दर्शक भित्राउन सफल भएको छ भने ७ करोड ९५ लाखको कारोबार गर्न सफल भएको छ । महोत्सवको सोमबार मात्रै २५ हजार दर्शकले अवलोकन गरेको र १ करोड बराबरको कारोबार गर्न सफल भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिएकी छन ।
महोत्सव समापनको अघिल्लो दिन किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएका र महोत्सव सोचे भन्दा बढि सफल रहेको आयोजकको दावी छ ।
महोत्सवमा पहिलो पटक सम्पन्न भएको महिलाहरुको हाजिरी जवाफ प्रतियोगितामा पोखरा–३० को नारी विकास आमा समूह प्रथम, पोखरा–२६ को सृजना महिला समूह द्धितीय, पोखरा–३० कै गार्डेन सिटी आमा समूह तृतीय र पोखरा–२९ को समाज सुधार आमा समूहले सान्त्वना स्थान हाँसिल गरेको संयोजक प्रभाकुमारी लामिछानेले जानकारी दिइन् । विजयी समूहले क्रमश २५ हजार, २० हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन् ।
यसैगरि महोत्सवको थप आक्रर्षणको रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा दर्ता भएका ३३ समूह मध्य छनोटमा परेका २२ समूहले महोत्सव स्थलमा प्रस्तुति रहेको रत्यौली गितका संयोजक गंगा मल्लले जानकारी दिएका छन् । सोमबार नै विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगिहरुलाई पुरस्कार वितरण समेत गरिएको छ ।
सोमबार कलाकारहरु प्रजापति पराजुली, तारापती सुवेदी, सरला पाण्डे, राजन कार्की, आशा केसी, लक्ष्मी नेपाली तारा थापा, प्रस्तुति रहने र बेलुका लाईभ कन्सर्टमा प्रमोद खरेलको परम्परा ब्याण्ड र स्थानिय ब्याण्ड सुजित एण्ड दि वार्यस व्याण्डको प्रस्तुति रहेको थियो । महोत्सवको मंगलबार महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका विच २० औं संस्करणको लेखनाथ महोत्सव समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
नेकपा एमाले पोखरा १९ मा कोमल
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै
RTP Live Slots Gacor: Apa Itu dan Mengapa Penting Buat Slotter?