राँझा, ४ वैशाख (रासस) ।बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन । उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, छ बाँके र एक जना सुर्खेतका रहेका छन् ।
बाँकेमा शुक्रबारमात्रै १९९ मा कोरोना पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १२७ र बागेश्वरी प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
Related News
सम्बन्धित समाचार
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
Archives
Archives