घाँस काट्ने क्रममा गैंडाको आक्रमण, विकको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
फागुन २०, २०७७
rhino

पोखरा, २० फागनु । गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

गैडाको आक्रमणबाट नवलपरासी (पूर्व) मध्यविन्दु नगरपालिका–१२ नयाँबेलाहानीकी ४४ वर्षीया फविसरा विकको मृत्यु भएको छ ।

विहिबार बिहान खेतमा घाँस काट्ने क्रममा अचानक पछाडिबाट गैँडाले आक्रमण गरेको थियो ।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives