नेकपा प्रचण्ड–नेपाल पक्षको बैठक शुरु, नेताहरू नागरिकता बोकेर पेरिसडाँडामा

आधिकारिकताको लागि निर्वाचन आयोगमा जाने

राष्ट्र न्यूज सम्वाददाता
फागुन ७, २०७७
prachanda-madhab-nepal

काठमाण्डौ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।  आकस्मिक बोलाइएको उक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

बैठकका लागि केन्द्रीय सदस्यहरू नागरिकता र पचियपत्र लिएर पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालय पुगेका छन् । निर्वाचन आयोगले नेकपा विवाद निरूपणमा ढिलाइ गरेको भन्दै प्रचण्ड-नेपाल समूहले छलफल गर्न आकस्मिक बैठक बोलाएको थियो ।

उक्त बैठक पश्चात नागरिकता बोकेर प्रचण्ड–नेपाल समूह आधिकारिकताको लागि निर्वाचन आयोगमा जाने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives