पोखरा, ५ पुस । असंवैधानिक, अलोकतान्त्रिक संसद विघटन विरुद्व कास्की काँग्रेसले पोखरामा सोमबार प्रदर्शन गर्ने भएको छ ।
अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याऔं, सर्वसत्तावाद विरुद्व एकजुट होऔं भन्ने मूल नाराका साथ प्रदर्शन गर्न लागिएको हो ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेका छन् ।
सोमबार दिउँसो १ बजे पोखरा चिप्लेढुङ्गास्थित पार्टी कार्यालयबाट शुुरु हुने प्रदर्शन महेन्दपूलमा पुगेर विरोध सभामा परीणत हुने कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
Archives
Archives