नेतृ आचार्यको स्मृतिमा भ्रष्टाचार बिरोधी अभियान

राष्ट्र न्यूज सम्वाददाता
जेठ ३१, २०७६
62510495_2103660483077357_8343157754130595840_n

पोखरा, ३१ जेठ । शैलजा आचार्य आदर्श समाज कास्कीको आयोजनामा शनिबार पोखरामा हुने भ्रष्टाचार बिरुद्धको अभियानको तयारी पुरा भएको छ ।

नेपाली काँग्रेसकी नेतृ शैलजा आचार्यको १० औं स्मृति दिवसको अवसर पारेर अभियानको शुरुवात गर्न लागिएको हो ।

बिहान ११ बजे पोखराको वीपीचोक चिप्लेढुंगाबाट शुरु हुने र्याली सहयात्री पार्टी प्यालेसमा पुगेर कार्यक्रममा परिणत हुनेछ ।

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुने अभियान शुरुवातको कार्यक्रममा गण्डकी प्रदेश अन्र्तगतका विभिन्न जिल्लाबाट करिब १ हजार सहभागी हुने अपेक्षा गरिएको शैलजा आचार्य आदर्श समाज कास्कीका अध्यक्ष कोपिला रानाभाटले जानकारी दिईन् ।

कार्यक्रममा बरिष्ठ पत्रकार एवं भ्रष्टाचार बिरुद्धको अभियन्ता हरीबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्ने र त्यसैमाथि अन्र्तक्रिया हुने रानाभाटको भनाइ छ ।

समाजले पहिलो चरणमा प्रदेशस्तरीय अभियान सञ्चालन गर्न लागेको जानकारी दिदै शैलजा आचार्य आदर्श समाजका केन्द्रिय उपाध्यक्ष कमला पन्तले पहिलो कार्यक्रम कास्कीमा गर्न लागेको बताइन् ।

यसपछि सातै प्रदेशमा अभियान सञ्चालन गर्ने र दोश्रो चरणमा जिल्लास्तरमा पनि यस्तै अभियान सञ्चालन हुने पन्तले बताईन् । देश भ्रष्टाचारले आक्रान्त भएका बेला यो अभियान फलदायी हुने अपेक्षा रहेको पन्तको भनाइ छ ।

पछिल्लो समय व्यक्तिगत भन्दा पनि संस्थागत भ्रष्टाचार मौलाएको बताउदै पन्तले देशबाट भ्रष्टाचारको अन्त्य गरी सभ्य समाज निर्माण गर्न सबैको हातेमालो जरुरी रहेको र यसका लागि यो अभियानमा सबैको सहभागिता आवश्यक रहेको जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives