पोखरा, २३ पुस । नेपाल विद्यार्थी संघका विद्यार्थीले पोखरामा सोमबार भ्रष्टाचार विरोधी अभियान संचालन गरेका छन् ।
पोखराको पृथ्वीनारायण क्याम्पसबाट शुरु भएको अभियान सोमबार वीपी चोक, शहिदचोक, एयरपोर्ट, तालचोक र पोखरा विश्वविद्यालयमा संचालन गरियो ।
ती स्थानहरुमा सरकारको विरोध गर्दै भ्रष्टाचारीलाई प्रवेश निषेध लेखिएको कालो व्यानर टाँसिएको छ ।
नेपाली काँग्रेस महासमिति सदस्य गुरु बरालले पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरुलाई ब्यानर हस्तान्तरण गरि अभियान शुरुवात गरेका हुन् ।
कार्यक्रममा महासमिति सदस्य गुरु बरालले भ्रष्टाचारका कारण मुलुक बर्बाद भएको भन्दै भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक बताए । यो अभियान पोखराबाट शुरु भएको छ उनले भने – ‘यसलाई देशव्यापी बनाउन आवश्यक छ ।’
नेवि संघका विद्यार्थीहरुले सरकारले न्याय दिन नसकेको, अपराधिक गतिविधिमा संलग्नमा रहेकालाई संरक्षण गरेको र भ्रष्टाचारीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
Archives
Archives