पोखरा, ८ असोज । नेपाल महिला संघ कास्कीले आइतबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र पठाएको छ ।
संघले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
देशभरबाट नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने नेपाल महिला संघ केन्द्रीय समितिको निर्णय अनुसार कास्कीबाट पनि पठाइएको हो ।
नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापनपत्र पत्र बुझाएकी थिईन् ।
ज्ञापनपत्रमा प्रधानमन्त्रीका अभिव्यक्ति र सरकारका गतिविधिप्रति असन्तुष्ठि जनाइएको छ । आज देशमा सरकार पनि छ र ? भन्ने प्रश्नबाट शुरु गरिएको ज्ञापनपत्रमा भनिएको छ – ‘सरकारको प्रभाव विवेक क्षमता र इमान्दारिताको कसीमा हुनपर्नेमा दम्भ, अहंकार र अधिनायकवादी सोचमा देखिन थालेको छ।’
ज्ञापनपत्रमा प्रधानमन्त्री असफल देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीका अभिव्यत्ति सरकार प्रमुखलाई नसुहाउने असभ्य गैह्जिम्मेबार भएको जनाइएको छ ।
महिनामा दुई सय बढी महिला तथा बालबालिका बलात्कार र हिंसाको सिकार भइरहेका बेला प्रधानमन्त्रीले त्यस्ता घटनालाई प्रोत्साहित गर्ने गरी अभिव्यक्ति दिइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
ज्ञापनपत्रमा राष्ट्रको ढुकुटी अनियन्त्रित र गैह्जिम्मेबारपूर्ण दोहन गरिएको, संस्थागत भ्रष्टाचार मौलाउनुको साथै जहाज खरिद, विद्युत आयोजना र दुरसञ्चार क्षेत्रका निर्णयमा भ्रष्टाचार देखिएको उल्लेख छ ।
पाँच वर्ष जनताले तपाईको पार्टीलाई मत दिएकोमा कुनै गुनासो नभएको उल्लेख गर्दै ज्ञापनपत्रमा अपराध, नारी अस्मितामाथिको हमला, मंहगी र कर आतंकलाई नियन्त्रण गर्न नसके जनता सडकमा आउँने र जनताको अधिकारलाई तपाईको दुई तिहाई मतले निष्तेज गर्न चेतावनी समेत दिइएको छ ।
ज्ञापनपत्रमा विवेक र न्यायको आँखा खोली जनताप्रति समर्पित रहन सजग बनाउँदै ज्ञापनपत्र दिएर प्रधानन्त्रीलाई सुधार्ने प्रयास र सुध्रने मौका दिइएको उल्लेख छ ।
ज्ञापनपत्र बुझाउनु अघि पोखराको सृजनाचोकबाट शुरु भएको ¥याली रत्नचोकहुदै जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेको थियो ।
¥यालीमा खै त महिला सुरक्षा ?, चुप लागेर नबसौ, न्याय मर्न नदिऔं र सरकारले देखायो लाचारी, त्यसैले हाम्रो खबरदारी लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
कार्यक्रम नेपाल महिला संघ कास्कीकी सचिव सीता गुरुङले संचालन गरेकी थिईन्।
Related News
सम्बन्धित समाचार
राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम
घलेगाउँमा सिनेमा संवाद
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो